विषहारामाई साकोसको वित्तीय साक्षरता कार्यक्रम
विषहारामाई
महोत्तरी : औरही नगरपालिका-७, भोइल स्थित विषहारामाई बचत तथा ऋण सहकारी संस्थाले ‘सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम’ शनिबार सम्पन्न गरेको छ।
औरही नगरपालिका वडा नं. ७ का सदस्यहरूलाई लक्षित गरी स्थानीय श्री सोनामाई आधारभूत विद्यालय भोइलमा भएको तालिममा ६० जनाभन्दा बढी शेयर सदस्यहरूको उपस्थिति थियो ।
तालिममा सहकारीको परिभाषा, मूल्य, मान्यता, सिद्धान्त, बचत तथा ऋण, वित्तीय साक्षरता, सहकारी र बैंक बीचको फरक तथा संस्थाको बारेमा सदस्यहरुलाई सचिव रामनारायण साहले प्रशिक्षण दिएका थिए ।
साथै सदस्यहरुले संस्थासँग गरेको कारोबारको अनुभव तथा आफ्नो जीवनको अनुभव समेत आदान प्रदान गरेका थिए।
औरही नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जितेन्द्र यादवले उद्घाटन गरेको तालिममा संस्थाकी अध्यक्ष गणिता यादव, व्यवस्थापक संजय कुमार यादव, कर्मचारी दिनेश यादव, प्रमोद साह लगायतका उपस्थिति रहेको।
संस्थाले नियमित रूपमा आफ्ना सदस्यहरूलाई सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम दिँदै आएको छ ।
आगामी दिनमा पनि सदस्य केन्द्रीत कार्यक्रमलाई निरन्तरता दिने संस्थाकी अध्यक्ष यादवले बता बताईन।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार