१९ भदौ २०८३, शुक्रबार

रहेनन् सहकारी अभियन्ता कैलाशभक्त प्रधानाङ्ग

२०८१ फागुन २४, शनिवार
रहेनन् सहकारी अभियन्ता कैलाशभक्त प्रधानाङ्ग

काठमाडौं : सहकारी अभियन्ता कैलाशभक्त प्रधानाङ्गको निधन भएको छ ।

८७ वर्षको उमेरमा शुक्रबार राति ११ः३० बजे भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी केही समयदेखि बिरामी थिए।

प्रधानाङ्ग बचत तथा ऋण सहकारी अभियानका इतिहास हुन् । २०५० फागुन ३ गतेदेखि २०६४ मंसिर १४ गतेसम्म लगातार १४ वर्ष नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का को अध्यक्षमा रहेर बचत तथा ऋण सहकारी अभियानको नेतृत्व प्रदान गरेका थिए ।

प्रधानाङ्ग सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत थिए ।

वि.सं. १९९६ असार १३ गते शुक्लपक्ष द्वादशी तिथिका दिन बाबु चन्द्रभक्त प्रधानाङ्ग र आमा श्रवणकुमारी प्रधानाङ्गको कोखबाट प्रधानाङ्गको जन्म भएको थियो ।

अभिलेख

लोकप्रिय