सगुन साकोसद्वारा बाल बचतकर्ता भेला आयोजना, वित्तीय साक्षरतासँगै रमाईला कार्यक्रम
सर्लाही : सगुन बचत तथा ऋण सहकारी संस्थाले शनिबार बाल बचत कर्ताहरुको भेला सम्पन्न गरेको छ । मिठो खाने कुराको परिकार र रमाईला कार्यक्रमसहित संस्थाले आयोजना गरेको कार्यक्रममा ११० जना बाल बचतकर्ताहरुको उपस्थिति थियो ।
संस्थाका अध्यक्ष केशव प्रसाद ढकालको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उपाध्यक्ष राज कुमार उप्रेती र कोषाध्यक्ष पदमा मोक्तानले कार्यक्रमको औचित्यसहित स्वागत गरेका थिए । त्यस्तै कार्यक्रमको सञ्चालन सचिव बिनोद कार्कीले गरेका थिए ।
कार्यक्रममा बाल बालिकाहरुको लागि वित्तीय शिक्षा दिने उद्देश्यले ‘सगुनको बचत यात्रा’ भन्ने नाटक मञ्चन गरिएको थियो । उक्त नाटकको माध्यमबाट बचत किन गर्नुपर्दछरु सगुनमा बाल बचत खाता खोल्दा के के फाईदा हुन्छ रु भन्ने बिषयमा जानकारी गराईएको थियो ।
भेलामा बालबालिकाहरुको रमाईलो नृत्य प्रतियोगितामा प्रथम रिजु पोखरेल, द्धितिय ईभान्स बाईवा, तृतिय एन्जिला घिमिरे र मिनसाङ लामा भएको थियो । त्यस्तै रमाईलो म्युजिकल चियर प्रतियोगितामा प्रथम आर बि थापा, द्धितिय नारायणी बराल र तृतिय श्रीजल खड्का भएका थिए ।

बालबालिकाको रमाईलो चम्चा दौड प्रतियोगितामा पुरुष तर्फ प्रथम प्रबित थापा, द्धितिय कविर जंग थापा, तृतिय कोशिश लुईटेल र महिलातर्फ प्रथम अनिशा कुमारी महतो, द्धितिय एजलिन घिमिरे, तृतिय एलिका कार्की भएकी थिईन । त्यस्तै रमाईलो घैला फोर प्रतियोगितामा सर्जल खड्का घैला फोड्न सफल भएका थिए।
साथै रमाईलो सामुहिक रुपमा बालिकाहरुको दोरी तान प्रतियोगिता र बालकहरुको दोरी तान प्रतियोगिता र सामुहिक रुपमा सामान्य ज्ञान प्रतियोगिता कार्यक्रम सम्पन्न गरिएको थियो।
कार्यक्रमको उद्देश्य बालबालिकाहरुलाई बचत कार्यक्रममा सहभागिताको साथै बचत गर्ने बानिको निरन्तर बिकास गर्न उत्तप्रेरित गर्न रहेको संस्थाको अध्यक्षले ढकालले बताए ।

कार्यक्रममा संस्थाको लेखा सुपेरिवेक्षण समिति संयोजक जय शंकर सिंह, सञ्चालहरु हरि प्रसाद पुडासैनी, टिकाजंग थापा, मुखचन्द्र महतो, बाला कुमारी थापा खड्का, सल्लाहकार समिति सदस्य तारा पोखरेल, पुनमा पाख्रिन, संस्थाका प्रबन्धक रविन्द्र राना लगायत कर्मचारीहरु, महिला उपसमिति सदस्यहरु र सेवाकेन्द्रका महिला सदस्य लगायत करिब १५० जनाको सहभागिता थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार