सम्सरा रेमिटबाट पठाएको पैसा सिधै सहकारीको खातामा
काठमाडौं : सम्सरा रेमिटमार्फत पठाएको पैसा सिधै सहकारीको खातामा पैसा जम्मा हुने भएको छ ।
विश्वको जुनसुकै स्थानबाट सम्सरा रेमिटमार्फत पठाएको पैसा अब एम बैंक मोबाइल बैंकिङमार्फत सिधै सहकारीको खातामा जम्मा हुने भएको हो । यो सेवा एम बैंकले आजबाट सुरु गरेको हो ।
एम बैंकमा आबद्ध पाँच सयभन्दा बढी सहकारीका सदस्यहरुले सम्सरा रेमिटबाट आएको पैसालाई सिधै आफ्नो खातामा जम्मा गर्ने सक्ने भएका हुन् । संसारको जुनसुकै ठाउँबाट अएको पैसा अब एम बैंक प्रयोगकर्ताले आफ्नो मोबाइल बैंकिङमा गई संसार रेमिट भन्ने मेन्यूमा गएर आफ्नो सम्पूर्ण विवरणहरु राखी आफ्नो खातामा ट्रान्सफर गर्न सकिने एम बैंकका संस्थापक तथा प्रबन्ध निर्देशक प्रमुख कार्यकारी अधिकृत सञ्जय महासेठले जानकारी दिए।
एम बैंक सहकारी क्षेत्रलाइै प्रविधिमैत्री बनाउँदै डिजिटल कारोबारको सेवा उपलब्ध गराउने आईटी कम्पनी हो । सहकारीको क्षेत्रमा नयाँ प्रविधि भित्र्याउने र सेवा दिनेमा एम बैंक अगाडि छ ।
त्यस्तै सम्सरा रेमिटले विश्वका सबैजसो देशहरुबाट नेपाली कामदारहरुले कमाएको रकम विदेशी मुद्रामा भित्र्याउने कार्य गर्दै आएको छ । यो कम्पनीले एक्सप्रेस मनी, मनीग्राम, वल्र्ड रेमिट, इन्स्ट्यान्ट क्यास र ट्रान्सफास्टजस्ता विश्व प्रशिद्ध कम्पनीहरुसँग सहकार्य गरी विदेशमा रहेका नेपालीहरुलाई विप्रेषण सम्बन्धी सेवा सुलभ र सजिलोसँग प्रदान गर्दै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार