१९ भदौ २०८३, शुक्रबार

सहकारी महासंघको पहिलो प्रादेशिक कार्यालय कोशीमा स्थापना

२०८१ फागुन १२, सोमबार
सहकारी महासंघको पहिलो प्रादेशिक कार्यालय कोशीमा स्थापना

विराटनगर : राष्ट्रिय सहकारी महासंघले कोशी प्रदेशको विराटनगरमा पहिलो प्रोदेशिक कार्यालय स्थापना गरेको छ।

प्रदेश सहकारी अभियानसँग समन्वय गर्दै सहकारी सुशासन तथा प्रवर्द्धन गर्न प्रदेश सम्पर्क तथा समन्वय कार्यालय सञ्चालन गर्ने लक्ष्यअनुसार मोरङको विराटनगरमा पहिलो प्रादेशिक सम्पर्क कार्यालय स्थापना गरेको छ। महासंघका अध्यक्ष ओमदेवी मल्लले विधिवत रुपमा आज (सोमबार) कार्यालयको उद्घाटन गरकी छिन् ।

कार्यालय उद्घाटन समारोहमा अध्यक्ष मल्लले महासंघ र कोशी प्रदेशबीचको समन्वयलाई अझ प्रभावकारी बनाउँदै सम्पर्क कार्यालयमार्फत अभियानका सम्पूर्ण कार्यहरू सञ्चालन गर्न सकिने बताईन ।

साथै, केन्द्रमा सञ्चालन भइरहेका कार्यक्रमहरू समेत अब प्रदेश सहकारी कार्यालयमार्फत सञ्चालन गर्न सकिने भएकाले सम्पर्क कार्यालयलाई नियमित र प्रभावकारी ढंगले सञ्चालन गर्न सम्पूर्ण सहकारी संघ, संस्था, तथा सहकारीकर्मीहरूलाई सक्रिय भूमिका खेल्न आग्रह गरिने ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेल, उपाध्यक्ष खेमबहादुर पाठक, सञ्चालक छत्र रिमाल, योगमाया सुवेदी, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्र कुमार गिरी, कोशी प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल, प्रदेशका विषयगत संघका अध्यक्षहरू, सहकारी संघ तथा संस्थाका अध्यक्षहरू सहित ५० जना भन्दा बढी सहकारीकर्मीहरूको उपस्थिति थियो।

अभिलेख

लोकप्रिय