१९ भदौ २०८३, शुक्रबार

बिशाल सहकारीको ‘सदस्य विस्तारित मञ्च’ सम्पन्न

२०८१ फागुन ११, आईतवार
बिशाल सहकारीको ‘सदस्य विस्तारित मञ्च’ सम्पन्न

कास्की : पोखरा-४, बिशाल बजार स्थित बिशाल बचत तथा ऋण सहकारी संस्थाले बार्षिक कार्ययोजना अन्तरर्गत रहेको ‘सदस्य बिस्तारित मञ्च’ कार्यक्रम शनिबार सम्पन्न गरेको छ।

‘संस्थाको वास्तविक पुँजी सदस्यहरुनै हुन्’ भन्ने मनसायले संस्थाले विगत एक दशक अगाडीदेखि यस प्रकारको सदस्य केन्द्रित कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ।

संस्थाका अध्यक्ष शिव शर्माको अध्यक्षतामा सञ्चालन भएको भेलामा जिल्ला सहकारी संघ, कास्कीका अध्यक्ष दीपकराज बास्तोलाको प्रमुख आतिथ्यता थियो । अध्यक्ष बास्तोलाले यस प्रकारको सदस्य केन्द्रित भेलाले सदस्यहरुलाई संस्थाको वास्तविकता बताउने बताए । सदस्य केन्द्रित कार्यक्रमले संस्था दिगो रुपमा सञ्चालन भईरहने वातावरण निर्माण गर्ने उनले बताए।

कार्यक्रममा संस्थाका प्रमुख व्यवस्थापक शिव प्रसाद भट्टराईले संस्थाको अर्धवार्षिक कारोबारको विवरण, पल्र्स विश्लेषणको रिपोर्ट लगायत संस्थाको विविध पक्षहरुको बारेमा जानकारी गराएका थिए ।

संस्थाका बरिष्ठ सल्लाकार गोविन्द प्रसाद ढकालले सहकारी व्यवसायमा हाल देखिएका वर्तमान चुनौतीहरुको सामाना गर्न संस्था सक्षम रहेको बताए । साथै संस्थाले अझै विस्तृत रुपमा व्यावसायिक रणनितिहरु अपनाउनु पर्ने बताए ।

संस्थाका उपाध्यक्ष एवंम कार्यक्रम संयोजक बालकृष्ण ढकालले भेलामा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै कार्यक्रमको महत्व माथि प्रकाश पारेका थिए । संस्थाका सचिव प्रदिप कुमार मुल्मिले सञ्चालन गरेको कार्यक्रममा महिला उप-समिती संयोजक एवंम सञ्चालक ईउल कुमारी पाईजा पुनले सहकारीका सिद्धान्त वाचन गरेकी थिईन ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष भुवन नेमकूल, लेखा सुपरिवेक्षक समिति संयोजक, रामकृष्ण दुवाडी, आयोजक उपसमितिका सदस्यहरु गरी करिब ३०० जना सदस्यहरुको उपस्थिति थियो ।

विस्तारित मञ्च कार्यक्रममा सदस्यहरुबाट लिखित एवंम मौखिक सुझावहरु संकलन गरिएको थियो।

अभिलेख

लोकप्रिय