८ भदौ २०८३, सोमबार

३२ वर्षमा बिन्धवासिनी साकोस, सुरक्षित र दिगो वित्तीय सेवा प्रवाहमा संस्था केन्द्रीत

२०८१ फागुन ६, मङ्गलबार
३२ वर्षमा बिन्धवासिनी साकोस, सुरक्षित र दिगो वित्तीय सेवा प्रवाहमा संस्था केन्द्रीत

काठमाडौं : काभ्रेको बनेपामा मुख्य कार्यालय रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था स्थापनाको ३२औं वर्षमा प्रवेश गरेको छ।

२०५० साल फागुन ६ गते स्थापना भएको बिन्धवासिनी साकोसमा ३२ औं वर्ष प्रवेश गर्दै गर्दा ६५ हजार तीन सय ६८ जनाको बृहत परिवार बन्न सफल भएको छ । संस्थामा ५७ हजार पाँच सय ८५ शेयर सदस्य र ११ हजार सात सय ७५ जना शैक्षिक बाल बचतकर्ता आवद्ध छन् ।

काभ्रेपलाञ्चोक जिल्लाको तत्कालीन खोपासी र चलालगणेशस्थान गा.वि.स.बाट विजारोपण भएको संस्थाले हाल काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं र ललितपुर जिल्लामा सात सेवा कार्यालय र नौ वटा सेवा केन्द्रमार्फत सदस्य र बाल बचतकर्तालाई वित्तीय तथा गैरवित्तीय सेवाहरु प्रदान गर्दै आएको छ।

संस्थाले सहकारीका सर्वमान्य सिद्धान्त, मूल्य मान्यता र दर्शनका साथै संयुक्त राष्ट्र संघद्वारा घोषित दिगो विकास लक्ष्यलाई समेत अंगिकार गरी सेवा प्रवाह गर्दै आएको छ ।
संस्थाले सदस्यहरुलाई करीब ८२ हजारसम्म निःशुल्क सदस्य सुरक्षण सेवा, लघु जीवन बिमा सेवा, विप्रेषण सेवा, प्रविधिमा आधारित मोबाइल बैकिङ्ग, ट्यावलेट बैकिङ्ग, ई–टेलर, एटिएम, क्यूआर पेमेन्ट आदि सेवा प्रदान गर्दै आएको छ।

सामाजिक तथा साँस्कृतिक विकासका लागि सहकारी शिक्षा, वित्तीय साक्षरताका साथै नेतृत्व विकास कार्यक्रम, शिक्षा, स्वास्थ्य सम्बन्धी जागरणका कार्यका साथै कुलत र कुसंस्कारबाट माथि उठ्न सभ्य समाज निर्माणका लागि विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।

समुदायको उत्कृष्ट छनौट संस्थाको रुपमा स्थापित गर्ने उद्देश्यका साथ ऐन नियम, निर्देशन, अन्तर्राष्ट्रिय असल अभ्यासको पूर्ण अनुशरण गर्दै सुशासनयुक्त कार्यशैली, व्यवहार, आचारणको अबलम्बन गरी सदस्य केन्द्रीयतामा पूर्ण ध्यान दिई सुरक्षित र दिगो वित्तीय तथा गैरवित्तीय सेवाहरु प्रदान गर्न संस्था केन्द्रीत रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत के. बि. लामा स्याङ्तानले जानकारी दिए।

संस्थाको ३१औं वार्षिक साधारण सभाबाट पारित छैठौं चारवर्षीय रणनीतिक व्यवसायिक कार्ययोजना बमोजिम ‘गुणस्तरीय, व्यवसायिक एवं दिगो वित्तीय सहकारी’ परिकल्पनाका साथै ‘सदस्य समृद्धि अभियान, विन्धवासिनीको पहिचान’ मूल नारा र ‘सहकारी मुल्य मान्यताका आधारमा प्रविधिको अधिकतम प्रयोग गरी वित्तीय तथा गैरवित्तीय सेवाहरुमार्फत सदस्यहरुको जीवनस्तर उन्नत बनाउने’ ध्येयको मार्गदर्शनमा रही शेयर सदस्यहरुलाई विभेदरहित अझ गुणस्तरीय अत्याधुनिक प्रविधियुक्त सवल, सुरक्षित, दिगो र प्रतिष्पर्धी वित्तीय तथा गैर वित्तीय सेवाहरु निरन्तर प्रवाह गर्ने संस्थाले प्रतिवद्धता जनाएको छ ।

अभिलेख

लोकप्रिय