‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’को रजिष्ट्रेशन खुला
काठमाडौं : बागमती प्रदेश सहकारी संघको आयोजनामा हुने ‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’को रजिष्ट्रेशन खुला भएको छ।
ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा चैत्र ८ र ९ गते हुने सम्मेलनको आजबाट रजिष्ट्रेशन खुला भएको हो । कार्यक्रममा सहभागि हुन खल्ती एपमार्फत रजिष्ट्रेशन गर्न सकिने संघले जनाएको छ।
सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका सहकारीकर्मी, नियामक निकाय (स्थानीय तह) का सहकारी हेर्ने प्रतिनिधि र सहकारीमा चासो राख्नेहरुको सहभागिता रहेको आयोजनले जनाएको छ ।
सम्मेलनमा ४ सय सहकारीकर्मी, १ सय स्थानीय तहका सहकारी हेर्ने प्रतिनिधिको सहभागिता रहने संघका व्यवस्थापक रुपक घिमिरेले जानकारी दिए । त्यस्तै आयोजक, सहआयोजक र अतिथिहरु समेत गरी कुल ६ सय जनाको सहभागिता रहने घिमिरेले बताए। सम्मेलनमा सहकारीका समसामयिक विषयमा विषय विज्ञबाट ६ वटा कार्यपत्र प्रस्तुती र छलफल हुने व्यवस्थापक घिमिरेले बताए।
कार्यक्रममा सहभागिताको लागि सदस्य सहकारीका प्रतिनिधिलाई चार हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। दुई जना प्रतिनिधि सहभागिताको लागि ७ हजार, तीन जना प्रतिनिधि सहभागिताको लागि १० हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै सदस्य बाहेकका सहकारीका प्रतिनिधिलाई पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
एउटै संस्थाबाट दुई जना प्रतिनिधिको लागि ९ हजार र तीन जना प्रतिनिधि सहभागिताको लागि १३ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै स्थानीय सरकारका एक जना प्रतिनिधिलाई ६ हजार, दुई जना प्रतिनिधिलाई ११ हजार र तीन जना प्रतिनिधिलाई १६ हजार पाँच सय निर्धारण गरिएको छ।
रजिष्ट्रेशन गर्न यहाँ क्लिक गर्नुहोला
https://bpcl.com.np/registration
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार