‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’को रजिष्ट्रेशन खुला

काठमाडौं : बागमती प्रदेश सहकारी संघको आयोजनामा हुने ‘प्रथम बागमती प्रदेश सहकारी सम्मेलन’को रजिष्ट्रेशन खुला भएको छ।
ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा चैत्र ८ र ९ गते हुने सम्मेलनको आजबाट रजिष्ट्रेशन खुला भएको हो । कार्यक्रममा सहभागि हुन खल्ती एपमार्फत रजिष्ट्रेशन गर्न सकिने संघले जनाएको छ।
सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका सहकारीकर्मी, नियामक निकाय (स्थानीय तह) का सहकारी हेर्ने प्रतिनिधि र सहकारीमा चासो राख्नेहरुको सहभागिता रहेको आयोजनले जनाएको छ ।
सम्मेलनमा ४ सय सहकारीकर्मी, १ सय स्थानीय तहका सहकारी हेर्ने प्रतिनिधिको सहभागिता रहने संघका व्यवस्थापक रुपक घिमिरेले जानकारी दिए । त्यस्तै आयोजक, सहआयोजक र अतिथिहरु समेत गरी कुल ६ सय जनाको सहभागिता रहने घिमिरेले बताए। सम्मेलनमा सहकारीका समसामयिक विषयमा विषय विज्ञबाट ६ वटा कार्यपत्र प्रस्तुती र छलफल हुने व्यवस्थापक घिमिरेले बताए।
कार्यक्रममा सहभागिताको लागि सदस्य सहकारीका प्रतिनिधिलाई चार हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। दुई जना प्रतिनिधि सहभागिताको लागि ७ हजार, तीन जना प्रतिनिधि सहभागिताको लागि १० हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै सदस्य बाहेकका सहकारीका प्रतिनिधिलाई पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
एउटै संस्थाबाट दुई जना प्रतिनिधिको लागि ९ हजार र तीन जना प्रतिनिधि सहभागिताको लागि १३ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै स्थानीय सरकारका एक जना प्रतिनिधिलाई ६ हजार, दुई जना प्रतिनिधिलाई ११ हजार र तीन जना प्रतिनिधिलाई १६ हजार पाँच सय निर्धारण गरिएको छ।
रजिष्ट्रेशन गर्न यहाँ क्लिक गर्नुहोला
https://bpcl.com.np/registration
अभिलेख
लोकप्रिय

नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबार
सहकारी सञ्जालको ५३औं बैठक: समसामयिक मुद्दा, चुनौती र समस्या समाधानमा छलफल
२८ श्रावण २०८१, सोमबार
आर्थिक मन्दी: सहकारी सरोकारवालाहरुका लागि सिकाइ
२३ बैशाख २०८१, आईतवारRecent Posts


एकीकृत फ्रेण्डसिप साकोसको ३३औं स्थापना दिवस समारोह सम्पन्न
२ चैत्र २०८१, आईतवार
राष्ट्रिय सहकारी बैंकको दमक शाखा स्थानान्तरण
२ चैत्र २०८१, आईतवार