सदस्यसँग नवकान्तिपुरको अन्तरक्रिया र अर्धवार्षिक समिक्षा
काठमाडौं : नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले काठमाडौं महानगरपालिका वडा नं. ४ र ७ तथा बुढानिलकण्ठ नगरपालिका क्षेत्रबाट प्रतिनिधिमूलक ढंगबाट सदस्य सहभागितासहित पाँचौँ चरणको विस्तारित मञ्च तथा सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ।
साथै चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षा कार्यक्रम समेत सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष शिव प्रसाद सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उल्लेखित क्षेत्रका सदस्यहरुको उल्लेख्य सहभागिता थियो ।
कार्यक्रममा संस्थाको सञ्चालक समितिका पदाधिकारी, लेखा सुपरिवेक्षण समितिका पदाधिकारी, ऋण उपसमिति, व्यवस्थापन समिति तथा उच्च व्यवस्थापनम्का पदाधिकारीहरुले सदस्यहरुसँग अन्तरक्रिया गरेका थिए ।

कार्यक्रमका सहकारी प्रशिक्षक नवकुमार अधिकारीले सहकारीको विकासक्रम, सहकारीको मूल्य, मान्यता र सिद्धान्त, संस्था सञ्चालनमा सदस्यहरुको भूमिका, संस्थाका सञ्चालक हरुले संस्थामा पुर्याउनुपर्ने योगदान, बचतको महत्व, ऋण उपयोग गर्दा अपनाउनुपर्ने सावधानी, सहकारी र अन्य बैंक वित्तीय संस्था बीचको भिन्नता, मुद्रास्फिती र यसले सदस्यहरुको दैनिकीमा पार्ने प्रभाव, नियमित बचत र सहकारीमा यसको महत्व लगायतका बिषयमा सदस्यहरुलाई वित्तीय शिक्षा प्रदान गरेका थिए।
कार्यक्रममा संस्थाका अध्यक्ष शिव प्रसाद सिटौलाले संस्थाको २०८१ पौष मसान्त सम्मको वित्तीय विवरण सदस्यहरुमाझ प्रस्तुत गर्दै संस्थाका सेवाहरुको बारेमा जानकारी गराएका थिए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
मिलिजुली कालिञ्चोक साकोस ३४औँ वर्षमा, सदस्य विश्वाससँगै समृद्धिको सङ्कल्प
७ भाद्र २०८३, आईतवार
कथा जनउत्थानको, कथा रनबहादुरको : सोचदेखि सफलतासम्म
७ भाद्र २०८३, आईतवार
स्वर्णलक्ष्मी सहकारीमा अत्याधुनिक बैंकिङ सफ्टवेयर ‘ब्यालेन्स’ सञ्चालनमा
७ भाद्र २०८३, आईतवार