मन्थली साकोस स्थापनाको २८ वर्ष पूरा, बचत रकम एक अर्ब नाघ्यो

रामेछाप : रामेछापको मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना भएको २८ वर्ष पुगेको छ ।
स्थापना दिवसको अवसरमा सहकारीले आइतबार मन्थलीमा एक कार्यक्रम आयोजना गरेको छ । सहकारीका अध्यक्ष गोविन्दप्रसाद घिमिरेको अध्यक्षता तथा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष घिमिरेले सहकारी स्थापनादेखि हालसम्म सञ्चालन गरेका गतिविधिबारे जानकारी दिए ।
कार्यक्रममा बोल्दै घिमिरेले सहकारीमा हाल १७ हजार सदस्य भएको बताए । सहकारीमा हाल बचत रकम १ अर्ब नाघेको र ऋण लगानी ८९ करोड रहेको जानकारी घिमिरेले दिए । सो संस्थाको शेयर रकम ९ करोड ४३ लाख रहेको छ भने जगेडा कोषमा ३ करोड ३९ लाख, कुल सम्पत्ति १ अर्ब ३७ करोड ६५ लाख रहेको छ ।
स्थापना दिवस कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काले जगदीश घिमिरेको उपहारको रूपमा रहेको मन्थली बचतलाई अझ बलियो बनाएर लैजानुपर्ने बताइन् । रामेछाप जिल्लाको सहकारी अभियान र बचत गराउने कुरामा मन्थली बचतको ठुलो भूमिका रहेको भन्दै उनले प्रशंसा गरिन् ।
कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले संस्थाको दिगोपनलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए । मन्थली बचत यहाँसम्म आइपुग्नुको मुख्य कारण दिगो पनलाई केन्द्रमा राखेर काम गर्नु नै भएको उनले बताए ।
कार्यक्रममा बोल्दै रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले सबै मिलेर काम गर्ने हो भने सहकारी र देश बन्ने बताए । सहकारी सञ्चालक विश्वासपात्र हुनुपर्ने बताउँदै विश्वासले नै सहकारी टिक्ने उनको धारणा छ ।
कार्यक्रममा संस्थाका पाँचजना बाल सदस्य, पाँचजना उत्कृष्ट बचतकर्ता, उत्कृष्ट पाँच ऋणी सेयर सदस्यहरूलाई सम्मान गरिएको थियो । यसै गरी वातावरण संरक्षणको लागि टेवा पुर्याउन केही शेयर सदस्यलाई विद्युतीय चुल्हो वितरण गरेको छ । सो सहकारीले सहकारीका सबै शेयर सदस्यसम्म विद्युतीय चुल्हो पुर्यायाउने निर्णय गरेको छ ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी पीडितको कथामा आधारित चलचित्र ‘महाभोज’ को दर्शकद्वारा व्यापक प्रशंसा
२८ जेष्ठ २०८२, मंगलवार
सहकारी बैंक र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बीच कृषि कर्जामा ब्याज अनुदान सम्झौता
२७ जेष्ठ २०८२, सोमबार
सहकारी नियामकीय मापदण्ड-२०८२ संशोधनका लागि पहल गर्न महासंघद्वारा कार्यदल गठन
२० जेष्ठ २०८२, सोमबार