मन्थली साकोस स्थापनाको २८ वर्ष पूरा, बचत रकम एक अर्ब नाघ्यो
रामेछाप : रामेछापको मन्थली बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्थापना भएको २८ वर्ष पुगेको छ ।
स्थापना दिवसको अवसरमा सहकारीले आइतबार मन्थलीमा एक कार्यक्रम आयोजना गरेको छ । सहकारीका अध्यक्ष गोविन्दप्रसाद घिमिरेको अध्यक्षता तथा जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष घिमिरेले सहकारी स्थापनादेखि हालसम्म सञ्चालन गरेका गतिविधिबारे जानकारी दिए ।
कार्यक्रममा बोल्दै घिमिरेले सहकारीमा हाल १७ हजार सदस्य भएको बताए । सहकारीमा हाल बचत रकम १ अर्ब नाघेको र ऋण लगानी ८९ करोड रहेको जानकारी घिमिरेले दिए । सो संस्थाको शेयर रकम ९ करोड ४३ लाख रहेको छ भने जगेडा कोषमा ३ करोड ३९ लाख, कुल सम्पत्ति १ अर्ब ३७ करोड ६५ लाख रहेको छ ।
स्थापना दिवस कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्काले जगदीश घिमिरेको उपहारको रूपमा रहेको मन्थली बचतलाई अझ बलियो बनाएर लैजानुपर्ने बताइन् । रामेछाप जिल्लाको सहकारी अभियान र बचत गराउने कुरामा मन्थली बचतको ठुलो भूमिका रहेको भन्दै उनले प्रशंसा गरिन् ।
कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले संस्थाको दिगोपनलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए । मन्थली बचत यहाँसम्म आइपुग्नुको मुख्य कारण दिगो पनलाई केन्द्रमा राखेर काम गर्नु नै भएको उनले बताए ।
कार्यक्रममा बोल्दै रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले सबै मिलेर काम गर्ने हो भने सहकारी र देश बन्ने बताए । सहकारी सञ्चालक विश्वासपात्र हुनुपर्ने बताउँदै विश्वासले नै सहकारी टिक्ने उनको धारणा छ ।
कार्यक्रममा संस्थाका पाँचजना बाल सदस्य, पाँचजना उत्कृष्ट बचतकर्ता, उत्कृष्ट पाँच ऋणी सेयर सदस्यहरूलाई सम्मान गरिएको थियो । यसै गरी वातावरण संरक्षणको लागि टेवा पुर्याउन केही शेयर सदस्यलाई विद्युतीय चुल्हो वितरण गरेको छ । सो सहकारीले सहकारीका सबै शेयर सदस्यसम्म विद्युतीय चुल्हो पुर्यायाउने निर्णय गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार