सहकारी क्षेत्रका विकृति अन्त्य गर्न जरुरी छ: सभापति देउवा
काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सहकारीका बचतकर्ताको रकम सुरक्षित हुनुपर्नेमा जोड दिएका छन् । साथै उनले सहकारी क्षेत्रका विकृति अन्त्य गर्न जरुरी भएको बताए।
‘नेपाली कांग्रेस र सहकारी’ विषयमा पार्टीको सहकारी विभागले आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय आयोजना गरेको गोष्ठीको उद्घाटन गर्दै उनले बचतकर्ताको रकमको सुरक्षाका खातिर सहकारीमैत्री ऐन जारी भएको बताए।
बिपी कोइरालाले २०१६ मा अवलम्बन गरेको आर्थिक नीति र सहकारीको सान्दर्भिकता आज पनि सान्दर्भिक रहेको चर्चा गर्दै सभापति देउवाले भने, “सहकारी मूल्य, मान्यता, मर्म र अवधारणा अनुसार सञ्चालन हुनुपर्छ, आर्थिक समृद्धिका लागि सहकारी आन्दोलनको विकास आवश्यक छ, बचतकर्ताको रकम सुरक्षाको सुनिश्चितता हुनुपर्छ ।”
नेपाल सरकारका सहकारीमा पछिल्लो समय समस्या सिर्जना गरेर अरुलाई जिम्मेवार दिने प्रवृत्ति बढेकाले समस्या सिर्जना भएको पूर्वसचिव गोपीनाथ मैनाली बताए।
सञ्चालक र सदस्यहरूबीचको साझा बन्धन टुटाएर समस्या आएको हो, पीडक पक्ष हाबी भएर पीडित पक्ष ओझेलमा परे, स्वनियमन घट्दै गयो, राजनीतिको छाताभित्र रहेर नीतिगत व्यवस्थामा प्रभावित पारियो, गलत गर्ने सहकारीले गलत स्वीकार्न सकेनन्”, मैनालीले भने ।
पूर्वसचिव गोपीनाथ मैनालीले सहकारीका सदस्यले गरेको व्यवसायमा, सहकारीसहकारीबीचमा र राष्ट्र बैंकले जारी गर्ने डिबेञ्चर र नेपाल सरकारले जारी गर्ने ऋणपत्रमा मात्रै लगानी गर्न पाइनेमा ९० प्रतिशत गैरसदस्य कारोबार भएका छन् भन्दै यसले समस्या सिर्जना गरेको बताए ।
नेपाली कांग्रेस सहकारी विभागका प्रमुख देवेन्द्रराज कँडेलले सातै प्रदेशका सहकारीकर्मीसँग सहकारीको सुरक्षाका विषयमा छलफल भएको बताए । बचतकर्ताको बचत हिनामिना गर्दा सहकारीमा समस्या आएको बताए। बचतकर्ताको रकम हिनामिना हुननदिनेतर्फ सबै सधैँ सचेत रहनुपर्नेमा जोड दिए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
