हाम्रो साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

काठमाडौं : ललितपुरको लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुका उच्चस्तरीय क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) प्राविधिक सहयोगमा माघ १६ गते धुलिखेलमा सुरु भएको तालिमा आज (शनिबार) सम्पन्न भएको हो ।
सहकारी संस्थामा सुशासन कायम गर्न र दिगो वित्तीय व्यवस्थापनका लागि नव निर्वाचित सञ्चालक र लेखा सुपरिवेक्षण समितिलाई संस्था सञ्चालनको सीप तथा क्षमता अभिबृद्धिका लागि Credit Union Directors’ competency Course -CUDCC तालिम सञ्चालन गरिएको साकोसका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले जानकारी दिए। तालिममा साकोसको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति , शिक्षा उपसमिति र उच्च व्यवस्थापनबाट गरी २५ जनाको सहभागिता रहेको उनले बताए।
तालिमको पहिलो दिन नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले सहकारी संस्थाको सञ्चालक र उच्च व्यवस्थापनले वर्तमान अवस्थामा खेल्नु पर्ने भूमिका तथा क्षमता विकासको विषयमा सहजीकरण गरेका थिए।
त्यस्तै नेफ्स्कूनका सहकायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिना र अधिकृत उमेश कोइरालाले सहजीकरण गरेका थिए।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

सहकारी महासंघको आयोजनामा ‘ओपन फिडे र्यापिड रेटिङ’ चेस हुने
१५ बैशाख २०८२, सोमबार
नेतृत्वमा बस्नेहरुको प्रारम्भिक संस्थाको हालत हेरौं त !
१५ बैशाख २०८२, सोमबार
नेपालको सहकारी अभियान अब कता ?
१५ बैशाख २०८२, सोमबार