हाम्रो साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न
काठमाडौं : ललितपुरको लगनखेलमा मुख्य कार्यालय रहेको हाम्रो बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुका उच्चस्तरीय क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) प्राविधिक सहयोगमा माघ १६ गते धुलिखेलमा सुरु भएको तालिमा आज (शनिबार) सम्पन्न भएको हो ।
सहकारी संस्थामा सुशासन कायम गर्न र दिगो वित्तीय व्यवस्थापनका लागि नव निर्वाचित सञ्चालक र लेखा सुपरिवेक्षण समितिलाई संस्था सञ्चालनको सीप तथा क्षमता अभिबृद्धिका लागि Credit Union Directors’ competency Course -CUDCC तालिम सञ्चालन गरिएको साकोसका प्रमुख कार्यकारी अधिकृत इन्द्र घिमिरेले जानकारी दिए। तालिममा साकोसको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति , शिक्षा उपसमिति र उच्च व्यवस्थापनबाट गरी २५ जनाको सहभागिता रहेको उनले बताए।

तालिमको पहिलो दिन नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले सहकारी संस्थाको सञ्चालक र उच्च व्यवस्थापनले वर्तमान अवस्थामा खेल्नु पर्ने भूमिका तथा क्षमता विकासको विषयमा सहजीकरण गरेका थिए।
त्यस्तै नेफ्स्कूनका सहकायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमल्सिना र अधिकृत उमेश कोइरालाले सहजीकरण गरेका थिए।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार