राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालय उद्घाटन आज
काठमाडौं : राष्ट्रिय सहकारी नियमन प्राधिकरणको कार्यालय आज उद्घाटन हुँदैछ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आज बिहान साढे १० बजे पुल्चोक हरिहरभवन पुल्चोक ललितपुरस्थित प्राधिकरणको कार्यालय उद्घाटन गर्ने कार्यक्रम छ । साथै पत्रकार सम्मेलन गर्दैछ ।
प्राधिकरण गठन भएपछिको यो पहिलो पत्रकार सम्मेलन हो । सरकारले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ मार्फत पुस १४ गते सहकारी ऐन २०७४ संशोधन गर्दै प्राधिकरण गठनको व्यवस्था गरेको थियो । संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्र भित्रका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न प्राधिकरण गठन गरिएको हो ।
माघ ७ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सहकारी बोर्ड रहेको पुल्चोक हरिहरभवनस्थित कार्यालयलाई नै प्राधिकरणको कार्यालय केन्द्रीय कार्यालय तोक्ने निर्णय गरेको थियो । सोही बैठकले प्राधिकरण अध्यक्षको नियुक्ति नभएसम्मका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई नै प्राधिकरणको अध्यक्ष तोक्ने समेत निर्णय गरेको थियो ।
अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखा, कानून वा सहकारी विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी नेपाल सरकारको राजपत्रकाङ्कित प्रथम श्रेणीमा काम गरेको वा राष्ट्रिय वा अन्तर्राष्ट्रिय स्तरका बैंक, वित्तीय संस्था तथा सहकारीमा १५ वर्ष भन्दा बढी काम गरेको व्यक्तिलाई अध्यक्ष नियुक्त गर्ने व्यवस्था अध्यादेशले गरेको छ । सोही अनुरुप विषयगत मन्त्रालयको नेतृत्व गरिरहेका व्यक्तिलाई नै प्राधिकरणको जिम्मेवारी दिँदा काम गर्न सजिलो हुने भएकोले सचिवलाई नै अध्यक्षको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।
प्राधिकरणमा एक अध्यक्ष सहित चार सदस्य रहने व्यवस्था छ । प्राधिकरणका सदस्यहरूमा नेपाल राष्ट्र बैंकका एकजना कार्यकारी निर्देशक, मन्त्रालयको सहकारी हेर्ने सहसचिव, एकजना विज्ञ सदस्य र एकजना चार्टर्ड एकाउन्टेन्ट रहने व्यवस्था गरिएको छ । यसैगरी, राष्ट्रिय सहकारी विकास बोर्डका कर्मचारीहरू प्राधिकरणको स्वतः कर्मचारी बन्ने व्यवस्था अध्यादेशले गरेको छ । सहकारी अध्यादेशमार्फत बोर्ड ऐन खारेजीसँगै प्राधिकरण स्थापना भएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार