पोखरा रोयल साकोसका प्रतिनिधि बेलायतको रोचडेल सहकारी, अन्तर सम्बन्धका विषयमा छलफल
काठमाडौं : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका मुख्य प्रबन्धक मीलन ढकालको नेतृत्वमा संस्थाका सदस्यहरुले बेलायतको म्यान्चेष्टरमा रहेको रोचडेल सहकारीको म्युजियमको अध्ययन अवलोकन भ्रमण गर्नुका साथै अन्तर सहकारी सम्बन्धका विषयमा छलफल गरेका छन् ।
अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसिए) र संयुक्त राष्ट्रसंघको संयुक्त आव्हान बमोजिम वर्ष २०२५ लाई दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्षको रुपमा मनाउने घोषणा गरिए बमोजिम रोचडेल म्युजियम भ्रमण गर्ने अवसर मिलेको मुख्य प्रबन्धक मीलन ढकाले जानकारी दिए ।

सन् २०१२ मा पहिलो पटक अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउदै गर्दा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्ग लगायत दर्जनौं नेपाली सहकारीकर्मीहरुले बेलायतमा रहेको रोचडेल म्यूजियमको भ्रमण गर्ने अवसर प्राप्त गरेका थिए।
सहकारीको उद्गम स्थल, पवित्र भूमिको रुपमा परिचित रोचडेल म्यूजियम जोकोहि सहकारीकर्मीको पहिलो छनौटको विषय बन्दै आएको छ । सन् १८४४ मा बेलायतको म्यानचेष्टर शहरमा स्थापना भएको रोचडेल पायनियर इक्विटेवल सोसाईटीको पदचाप गर्दै हाल विश्वभर लाखौं सहकारीमा १ अर्ब भन्दा बढी मानिसहरु सदस्यको रुपमा र २८ करोड भन्दा बढी मानिसहरु कर्मचारीका रुपमा आवद्ध भएका छन् ।
यसै क्रममा मूख्य प्रवन्धक ढकालले ब्राडफोर्ड स्थित ब्राडफोर्ड डिस्ट्रिक्ट क्रेडिट युनियनको समेत अवलोकन गरि पोखरा रोयल सहकारी र त्यहाँको क्रेडिट युनियन बीच आपसी सम्बन्ध कायम गर्ने विषयमा छलफल समेत गरेका छन् ।
संस्थाका शेयर सदस्य तथा ननीटन शहर निवासी ब्रिटिस आर्मीबाट सेवानिवृत्त समाजसेवी अनरेरी लेफ्टिनेन्ट ओमप्रकास गुरुङको समन्वयमा ब्राडफोर्ड र बेडवर्थ बोरोह काउन्सिलका मेयरहरु बेभर्ली मुलानी र बिल हानकुक संग भेट गरि अनुभव आदानप्रदान भएको मुख्य प्रबन्धक ढकालले बताए ।
पोखरा रोयल सहकारीमा धेरै सदस्यहरु लाहुरे पृष्ठभूमिको रहेको र हालका अध्यक्ष समेत बेलायती सेनाको सेवानिबृत्त ब्रिटिस सेनाका परिवार भएको सुनाउदा मेयरहरु निकै उत्साहित भएको र छिट्टै नै नेपाल भ्रमण गरि संस्थाको गतिविधि हेर्न चाहेको शेयर सदस्य ओमप्रकास गुरुङले बताए।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार