राष्ट्र बैंकले तयार गरेको निर्देशन तथा मापदण्डको मस्यौदामाथि छलफल
काठमाडौं : बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाका लागि नेपाल राष्ट्र बैंकले तयार पारेको निर्देशन र मापदण्डको प्रारम्भिक मस्यौदाका विषयमा राष्ट्रिय सहकारी महासंघले २०८० माघ १० गते विशेष छलफल आयोजना गरेको छ ।
महासंघका अध्यक्ष ओमदेवी मल्लको अध्यक्षतामा आयोजित छलफलमा विषयगत केन्द्रीय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक, प्रदेशस्तरीय र जिल्लास्तरीय संघका प्रतिनिधिहरूको सहभागिता थियो ।
सहकारी मूल्य, मान्यता र सिद्धान्त अनुरूप नीति तथा मापदण्डहरू तयार गर्न योगदान पु¥याउने उद्देश्यका साथ छलफल भएको अध्यक्ष मल्लले बताईन । नेपाल राष्ट्र बैंकले मस्यौदामाथि राय सुझाव प्रस्तुत गर्न माघ मसान्तसम्मको समय सीमा निर्धारण गरेको छ । अध्यक्ष मल्लले अभियानकोतर्फबाट महासंघले सबैबाट सुझाव संकलन गरी एकीकृत रुपमा पेश गर्ने तयारी गरिरहेको बताईन ।
अध्यक्ष मल्लले सहकारी अभियानलाई स्वनियमन र सुशासनको मार्गमा लैजान महासंघ प्रतिबद्ध रहेको बताउँदै मापदण्ड तयार गर्ने प्रक्रियामा सहकारी क्षेत्रको सशक्त प्रतिनिधित्व सुनिश्चित गरिनुपर्नेमा जोड दिईन । छलफलमा सहभागीहरूले मस्यौदाका कतिपय बुँदाहरू सहकारी मूल्य, मान्यता र सिद्धान्तविपरीत रहेको बताउँदै मस्यौदामा सुधार आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष मिनराज कडेल, उपाध्यक्षहरू खेम पाठक, डिबी बस्नेत, इन्दिरा पन्त तथा संचालकहरू टेकप्रसाद चौलागाईं, परितोष पौडेल र सुमन नेपालको समेत उपस्थिति थियो । महासंघका महाप्रबन्धक सुरेश थापाले मस्यौदाका कतिपय प्रावधान सहकारी सिद्धान्तसँग मेल नखाने भन्दै संशोधनका लागि सैद्धान्तिक आधार प्रस्तुत गरेका थिए । छलफलमा नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका सहायक निर्देशक शान्ता गिरीले सुझावलाई नेपाल राष्ट्र बैंकले स्वागत गर्ने बताईन ।
छलफलमा सहकारी क्षेत्रसँग सम्बन्धित नेपाल ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका विषयमा समेत छलफल गरिएको थियो । सहभागीहरूले केही प्रावधानले सहकारी क्षेत्रलाई संकुचित पार्ने र संस्थागत क्षति पु¥याउन सक्ने भन्दै प्रतिस्थापन विधेयकमार्फत तिनीहरूलाई संशोधन गर्न सरकारसँग तत्काल पहल गर्नुपर्ने माग गरेका थिए । महासंघले सहकारी अभियानको दीर्घकालीन हितलाई ध्यानमा राख्दै सबै पक्षको रायलाई समेटेर मस्यौदामा समुचित सुझाव प्रस्तुत गर्ने प्रतिवद्धता जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार