सिको साकोसमा प्रमुख कार्यकारी अधिकृत आवश्यक

काठमाडौं : बर्दियाको सिको बचत तथा ऋण सहकारी संस्थाले प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदको आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरेको छ ।
बचत ऋण सहकारीहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरको स्तरीकरण कार्यक्रम एक्सेस तथा प्रोवेशन ब्राण्ड प्राप्त गर्न सफल ३१ वर्षको गौरवमय इतिहास बोकेको सिको साकोसले व्यवस्थापन प्रमुखकको आवश्यकतासहितको विज्ञापन आज प्रकाशित गरेको हो ।
सिको साकासले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र इच्छुक एवम् योग्य नेपाली नागरिकहरुबाट रितपूर्वक आवेदन माग गरेको छ ।
सातौं तहको व्यवस्थापन प्रमुखका लागि साकोसले आकर्षक तलब सामाजिक सुरक्षा कोषमा आवद्धता, आवास लगायतका सेवा सुविधा उपलब्ध गराउने सूचनामा जनाएको छ ।
साकोसले उक्त पदका लागि कार्यविवरण र कार्य विशिष्टीकरण सहित आवदेन प्रक्रियाहरुबारे सूचनामा विस्तृत उल्लेख गरेको छ । साकोसका महासचिव प्रकाश कुमार आचार्यद्वारा हस्ताक्षर गरिएको सूचनामा संस्थाको प्रभावकारी सञ्चालन तथा रणनीतिक नेतृत्व प्रदान गर्न सक्षम सहकारी अभियान बुझेको प्रमुख कार्यकारी अधिकृत आवश्यकत भएको उल्लेख गरिएको छ ।
ठाकुरबाबा नगरपालिका १, भुरिगाउँ मुख्य कार्यालय रहेको सिको साकोसमा हाल १० हजार ८ सय बढी सदस्य तथा २१ सय बढी बालबचतकर्ता आवद्ध छन् । साकोसको कुल सम्पत्ति ५२ करोड ८१ लाख बढी छ । समुदायमा आधारित सदस्य केन्द्रीत सिको साकोस नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता दामोदर अधिकारी प्रतिनिधि रहनुभएको प्रारम्भिक संस्था हो ।
अभिलेख
लोकप्रिय

आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबारRecent Posts


विशाल साकोसको विस्तारिक बैठक सम्पन्न, वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित
२२ असार २०८२, आईतवार
समस्याग्रस्त सहकारीबाट ३ अर्ब ७१ करोड बचत फिर्ता, थप दुई संस्थाको राफसाफ हुँदै
२२ असार २०८२, आईतवार