सहकारी महासंघका नवनियुक्त महाप्रबन्धक थापाद्वारा पदभार ग्रहण

काठमाडौं : राष्ट्रिय सहकारी महासंघका नवनियुक्त महाप्रबन्धक सुरेश थापाले पदभार ग्रहण गरेका छन् ।
महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेल, उपाध्यक्ष खेम पाठक, संचालक टेकप्रसाद चौलागाई र निवर्तमान महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङको उपस्थितिमा उनले पदभार ग्रहण गरेका हुन् ।
कार्यवाहक अध्यक्ष पोखरेलले आगामी चार बर्षे कार्यकाल सहकारी अभियानका लागि उपलब्धीपूर्ण हुने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गरे ।
पदभार ग्रहण गर्दै महाप्रबन्धक थापाले आगामी १० दिनभित्र सहकारीमा पछिल्लो समय सहकारी अभियानमा सिर्जना भएका नीतिगत व्यवस्थाका विषयमा आवश्यक छलफल गरी साझा धारणा तय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पदभारग्रहण गरेपछि महासंघका कर्मचारीहरुले महाप्रबन्धक थापालाई शुभकामना व्यक्त गरेका थिए । काभ्रे पनौती नगरपालिका निवासी थापा सन् २०१४ नोभेमबरमा अधिकृतका रुपमा महासंघमा प्रवेश गरेका थिए । सन् २०२२ मा उनी नायव महाप्रबन्धमा नियुक्त भएका हुन् ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

बनेपा नगरपालिकाले सुरु गर्यो सहकारीहरुका लागि ‘सेक्योस’ अनलाइन प्रणाली
७ बैशाख २०८२, आईतवार
को-अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ समिति चयन, अध्यक्षमा गोपाल दाहाल
७ बैशाख २०८२, आईतवार
चन्द्रागिरि साकोसको नयाँ सेवा केन्द्र ललितपुरको ठैबमा
७ बैशाख २०८२, आईतवार