लुम्बिनी विशिष्टिकृत सहकारी संघको अध्यक्षमा ज्ञानु पौड्याल
भैरहवा : लुम्बिनी विशिष्टिकृत सहकारी संघको अध्यक्षमा ज्ञानु पौड्याल निर्वाचित भएकी छिन् । संघको पाँचौ वार्षिक साधारण सभाबाट पौड्यालको अध्यक्षमा १५ सदस्यीय सञ्चालक समिति चयन गरिएको हो ।
पौड्याल यसअघि संघको कार्यबाहक अध्यक्ष थिईन । पौड्याल नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का सञ्चाल समेत हुन् ।
संघको नवनिर्वाचित समितिको उपाध्यक्षमा डिबी थापा, सचिवमा मिनप्रसाद पोख्रेल र कोषाध्यक्षमा खेमप्रसाद गौतम चयन भएका छन् ।
त्यस्तै, सञ्चालकहरुमा राधा पोख्रेल थापा, झुपा पाण्डे, झपेन्द्रराज अर्याल, उमा राना, अर्जुनराज उपाध्याय, अर्जुन रानाभाट, कृष्णप्रसाद पाण्डे, टिकाराम चापागाईं, देवी प्रसादपाण्डे, पूर्णप्रसाद तिमिल्सिना र धनकुमारी बराल चयन भएकी छिन् ।
त्यस्तै लेखा सुपरीक्षण समितिको संयोजकमा कृष्णप्रसाद अर्याल, सदस्यहरुमा रामकृष्ण शर्मा र तुल्सा थापा क्षेत्री निर्वाचित भएकी छिन् । १ सय ४३ वटा सहकारी सदस्य रहेको संघले दुध र दुग्धजन्य सामाग्रीहरु उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
