बचत संघ पर्सामा नयाँ नेतृत्व, अध्यक्षमा हरेराम पटेल विजयी

वीरगन्ज : जिल्ला बचत तथा ऋण सहकारी संघ, पर्साको अध्यक्षमा हरेराम पटेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको १७ औं वार्षिक साधारण सभाबाट पटेल निर्वाचित भएका हुन् ।
नयाँ नेतृत्व चयनका लागि शनिबार नै निर्वाचन भएको थियो । अध्यक्ष पकदका अर्का उम्ममेदवार राकेश यादवलाई ३८ मतको फराकिलो मतान्तरले पराजित गर्दै पटेल विजयी भएका हुन् । निर्वाचनमा कुल १२२ मत खसेको थियो । पटेलले ७९ मत पाउँदा यादवले ४१ मत पाए ।
यस्तै संघको बरिष्ठ उपाध्यक्षमा जिस्नु बराल निर्वाचित भएका छन् । बरालले ७० मत पाएर विजयी हुदाँ उनका प्रतिस्पर्धी राजेन्द्र प्रसाद जयसवालले ५० मत पाए ।उपाध्यक्षमा नगनारायण सिंह, महासचिवमा राजीव कुमार साह, कोषाध्यक्षमा अरुण कुमार साह र सचिवमा नरेश चौरसिया विजयी भएका छन् । उनीहरुले क्रमश ६०, ६२, ८१ र ७७ मत पाएका थिए ।
यसैगरी सञ्चालकहरुमा विश्वास प्रताप शाह, हृदय नारायण साह, मनु राउत कुर्मी, धर्मनाथ कुशवाहा र महिला सदस्यमा सिता मुखिया बिन निर्वाचित भएकी छिन् ।
त्यस्तै लेखा समिति संयोजकमा मनोज गुप्ता तथा सदस्यमा नीरादेवी साह र रमेश कुमार दत्त निर्वाचित भएका छन् ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

बनेपा नगरपालिकाले सुरु गर्यो सहकारीहरुका लागि ‘सेक्योस’ अनलाइन प्रणाली
७ बैशाख २०८२, आईतवार
को-अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ समिति चयन, अध्यक्षमा गोपाल दाहाल
७ बैशाख २०८२, आईतवार
चन्द्रागिरि साकोसको नयाँ सेवा केन्द्र ललितपुरको ठैबमा
७ बैशाख २०८२, आईतवार