बचत संघ पर्सामा नयाँ नेतृत्व, अध्यक्षमा हरेराम पटेल विजयी
वीरगन्ज : जिल्ला बचत तथा ऋण सहकारी संघ, पर्साको अध्यक्षमा हरेराम पटेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको १७ औं वार्षिक साधारण सभाबाट पटेल निर्वाचित भएका हुन् ।
नयाँ नेतृत्व चयनका लागि शनिबार नै निर्वाचन भएको थियो । अध्यक्ष पकदका अर्का उम्ममेदवार राकेश यादवलाई ३८ मतको फराकिलो मतान्तरले पराजित गर्दै पटेल विजयी भएका हुन् । निर्वाचनमा कुल १२२ मत खसेको थियो । पटेलले ७९ मत पाउँदा यादवले ४१ मत पाए ।
यस्तै संघको बरिष्ठ उपाध्यक्षमा जिस्नु बराल निर्वाचित भएका छन् । बरालले ७० मत पाएर विजयी हुदाँ उनका प्रतिस्पर्धी राजेन्द्र प्रसाद जयसवालले ५० मत पाए ।उपाध्यक्षमा नगनारायण सिंह, महासचिवमा राजीव कुमार साह, कोषाध्यक्षमा अरुण कुमार साह र सचिवमा नरेश चौरसिया विजयी भएका छन् । उनीहरुले क्रमश ६०, ६२, ८१ र ७७ मत पाएका थिए ।
यसैगरी सञ्चालकहरुमा विश्वास प्रताप शाह, हृदय नारायण साह, मनु राउत कुर्मी, धर्मनाथ कुशवाहा र महिला सदस्यमा सिता मुखिया बिन निर्वाचित भएकी छिन् ।
त्यस्तै लेखा समिति संयोजकमा मनोज गुप्ता तथा सदस्यमा नीरादेवी साह र रमेश कुमार दत्त निर्वाचित भएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार