७ वैशाख २०८२, आईतवार

साझा सेवा सहकारी पुरस्कार मिनराज कँडेललाई

२०८१ पुष २८, आईतवार
साझा सेवा सहकारी पुरस्कार मिनराज कँडेललाई

काठमाडौं : ‘कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार २०८१’ बाट सहकारी अभियन्ता मिनराज कँडेल पुरस्कृत भएका छन् ।

साझा सेवा सहकारीको ४० औं साधारण सभा एवं कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार वितरण समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले कडेललाई पुरस्कृत गरेका थिए । पुरस्कारको राशी ५० हजार रहेको छ ।

सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्रयाए बापत सहकारी अभियन्ता मिनराज कँडेललाई पुरस्कृत गरिएको संस्थाले जनाएको छ ।

समारोहमा साझा सेवाका अध्यक्ष शङ्करप्रसाद पाण्डेले आफ्नो व्यावसायिक सेवा सर्वसाधारणमा पुर्याउँदै सहकारीको माध्यमबाट विशिष्ट सेवा पुर्रयाउनु हुने मिनराज कँडेललाई नगद पुरस्कारसहित सम्मान गर्न पाएकोमा खुशी व्यक्त गरे ।

मन्त्रालयका सचिव पोखरेलले साझासेवाले पुरस्कारको माध्यमबाट सहकारीको प्रवद्र्धनको कार्य गरेकोमा धन्यवाद व्यक्त गरे । यस्ता पुरस्कारले सहकारीहरुको उत्थान र विकासमा थप सहयोग र टेवापुग्ने बताउँदै पोखरेलले साझा सेवा सहकारीले सर्वसाधारणमा आफ्नो सेवाबाट लाभान्वित बनाएकोमा खुशीव्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले यस्ता पुरस्कारले सहकारीको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका पुर्याउने बताइन । कार्यक्रममा पत्रकार कनकमणि दीक्षित लगायतका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा कडेलले यस पुरस्कारबाट सहकारीप्रतिको कर्तव्य र दायित्वलाई अघि बढाउन अझ बढी प्रेरणा प्राप्त भएको र थपदायित्व बढेको बाए । २०२६ साल देखि सर्वसाधारणलाई सर्वसुलभ र विश्वसनीय सेवा पुर्याउँदै आएको यो संस्थाले इन्धनको बिक्रीवितरण तथा इन्धन ढुवानी तथा चार्जिङ स्टेशन, ग्याँस लगायतमा आफ्नो सेवा केन्द्रित राखेको छ ।

संस्थाले बनेपामा पूर्णक्षमताको विद्युतीय चार्जिङ स्टेशन सञ्चालनमा समेत ल्याएको छ ।

अभिलेख

लोकप्रिय