अम्बे कोशी साकोस समस्याग्रस्त घोषणा

सुनसरी : कोशी प्रदेश सरकारले इटहरीमा केन्द्रीय कार्यालय रहेको अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ ।
कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले संस्थालाई मंगलबार समस्याग्रस्त घोषणा गरेको हो । मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले अम्बे कोशीलाई समस्याग्रस्त घोषणा गरिएको र समस्यामा रहेका अन्य सहकारीको पनि अध्ययन भइरहेको बताए ।
कोशी प्रदेश सरकारले गत पुस १८ गते वरिष्ठ अधिवक्ता भरतबन्धु थापाको अध्यक्षतामा संकटग्रस्त सहकारीको व्यवस्थापन समिति गठन गरेको थियो । समिति गठन भएको पाँच दिनपछि अम्बे कोशीलाई समस्याग्रस्त घोषणा गरिएको हो ।
संस्थाका अध्यक्ष फणीन्द्र मगर पुर्पक्षका लागि थुनामा छन् । पक्राउ परेका कतिपय सञ्चालकहरू धरौटीमा रिहा भएका छन् ।
सहकारीको रकम अपचलनमा नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेकी सहकारी अभियन्ता विष्णु कुमारी लिम्बू (अमृता सुब्बा) पनि संलग्न छिन् । सुब्बाले २१ लाख ५५ हजार अपचलन गरेको मुद्दा अदालतमा छ ।
इटहरीमा केन्द्रीय कार्यालय रहेको संस्थाको विराटनगरको विराट चोक र झापाको दमकमा सेवा केन्द्र सञ्चालन गरेको थियो । संस्थामा १३ हजारभन्दा बढी सदस्यको ६१ करोड बढी बचत अपचलन भएको बताईएको छ ।
अभिलेख
लोकप्रिय

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवार
संसदीय समितिलाई कांग्रेसले बुझायो सहकारीको समस्या, कारण र समाधानका उपायसहितको सुझाव
२६ भाद्र २०८१, बुधबारRecent Posts

बनेपा नगरपालिकाले सुरु गर्यो सहकारीहरुका लागि ‘सेक्योस’ अनलाइन प्रणाली
७ बैशाख २०८२, आईतवार
को-अपरेटिभ म्यानेजर्स क्लब काभ्रेमा नयाँ समिति चयन, अध्यक्षमा गोपाल दाहाल
७ बैशाख २०८२, आईतवार
चन्द्रागिरि साकोसको नयाँ सेवा केन्द्र ललितपुरको ठैबमा
७ बैशाख २०८२, आईतवार