आईएमई को-अपरेटिभको १५ वर्षे यात्रा: सदस्यको विश्वास र भरोसालाई डगमगाउन नदिने प्रतिवद्धता
काठमाडौं : आईएमई को-अपरेटिभ सर्भिस लिमिटेड १५ वर्षमा प्रवेश गरेको छ । २०६७ साल पौष २३ मा २५ जना शेयर सदस्यबाट सुरु भएको आईएमईको यात्रा मंगलबार (आज) बाट १५ वर्षमा प्रवेश गरेको हो ।
२०८१ अषाढ मसान्तसम्म आईपुग्दा आईएमई को-अपरेटिभ १० हजार ७ सय २ जनाको विशाल परिवार बनेको छ । ३६ लाख ४० हजार सेयर पुँजीबाट सुरु भएको संस्थामा ४७ करोड ८४ लाख ३८ हजार ५ सय रुपैयाँ पुगेको छ ।
संस्थाले यस अवधिमा ८ अर्ब ४१ करोड ९८ लाख निक्षेप संकलन गरी ६ अर्ब १६ करोड ५३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । संस्थाको संस्थागत पुँजी मात्रै ९२ करोड ५० लाख ६१ हजार पुगेको छ । संस्थाको कुल वासलात ९ अर्ब ५५ करोड ३० लाख रहेको छ ।
स्थापना दिवसको अवसरमा संस्थालाई अझ बढी सक्षम, सबल, पारदर्शी एवम् उत्कृष्ट सेवा प्रदायक संस्था बनाउन र सहकारी क्षेत्रमा अलग्गै पहिचान स्थापित गर्न, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उच्च व्यवस्थापन प्रतिबद्ध रहेको संस्थाका अध्यक्ष योगेश्वर शर्मा ढकालको भनाई छ ।
सदस्यहरुको बचत र लगानीको सुरक्षाको प्रत्याभूति गर्दै संस्थाप्रति दर्शाउनु भएको विश्वास र भरोसालाई डगमगाउन नदिने अध्यक्ष ढकालको भनाई छ ।
संस्थाले सहकारीका मूल्य मान्यता, सिद्धान्त, आर्दश, नैतिक मुल्य एवम् पारदर्शितालाई आत्मसाथ गरी १५ वटा सेवाकेन्द्र र केन्द्रीय कार्यालयबाट सदस्यहरूलाई अत्याधुनिक वित्तीय सेवाहरूको साथै डिजिटल प्रविधिमा आधारित सेवाहरू ईन्टरनेट, एस.एम.एस, मोबाइल बैंकिङ्ग जस्ता वित्तीय सेवाहरू प्रदान गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत अर्जुन पौडेल शर्माले बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
१८ भाद्र २०८३, बिहीबार