१६ जेठ २०८३, शनिवार

नुवाकोट जिल्ला बचत संघको चौथो साधारण सभा सम्पन्न

२०८१ पुष २०, शनिवार
नुवाकोट जिल्ला बचत संघको चौथो साधारण सभा सम्पन्न

विदुर : नुवाकोट जिल्ला बचत तथा ऋण सहकारी संघको चौथो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।

संघका अध्यक्ष नारायण श्रेष्ठ सभापतित्व एवं नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

साधारण सभामा बोल्दै प्रमुख अतिथी ढकालले सहकारी क्षेत्रमा केही समस्या रहेको त्यसलाई समाधान गरेर अघि बढ्नुपर्ने बताए । देखिएका समस्या समाधान गर्न सरकार र अभियान मिलेर काम गर्नुपर्ने धारणा राखे ।

साधारण सभामा आर्थिक प्रतिवेदन पेश गर्दै संघका कोषाध्यक्ष राम राजा श्रेष्ठले आर्थक वर्ष २०८०/८१ मा ३४ लाख बराबरको कारोबार भएको बताए । अघिल्लो आ.व.मा संघको कारोबार १९ लाख रुपैयाँ थियो ।

संघमा १९ प्रारम्भिक सहकारी संस्थाको १५ लाख लाख ५५ हजार शेयर पुँजी रहेको छ ।

चालु आर्थिक वर्षमा संघको सदस्य संस्था ३० पुर्याउने लक्ष्य अघि सारेको अध्यक्ष श्रेष्ठले बताए। अध्यक्ष श्रेष्ठले जिल्लामा क्रियाशिल बचत तथा ऋण सहकारी संस्थालाई संघमा आवद्ध हुन आव्हान समेत गरेका छन् ।

अभिलेख

लोकप्रिय