१९ भदौ २०८३, शुक्रबार

५ लाख धरौटी बुझाएर छुटे उमागौरी सहकारी हिनामिनामा मुछिएका वडाध्यक्ष खवास

२०८१ पुष १९, शुक्रबार
५ लाख धरौटी बुझाएर छुटे उमागौरी सहकारी हिनामिनामा मुछिएका वडाध्यक्ष खवास

विराटनगर : उमागौरी कृषि सहकारी ठगी प्रकरणमा मुछिएका रंगेली नगरपालिका-२, का वडाध्यक्ष सन्तलाल खवास धरौटीमा छुटेका छन्।

मोरङ जिल्ला अदालतका न्यायाधीश मेघनाथ चापागाईंको इजलासले बिहीबार वडाध्यक्ष खवासलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । खवास एमालेबाट निर्वाचित रंगेली २ का वडाध्यक्ष हुन्।

मोरङ धनपालथान-४, मा रहेको उमागौरी कृषि सहकारीको २२ करोडभन्दा बढी रकम हिनामिना प्रकरणमा प्रहरीले अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो।

मंसिर २७ मा खवाससहित २६ जनाविरूद्ध मुद्दा दायर भएको थियो। पुस २ मा अदालतले उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

सरकारी वकिलको कार्यालय मोरङले सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ बिगो असुल गर्न माग गरेको छ।

अभिलेख

लोकप्रिय