स्थिरीकरण कोषको सञ्चालकमा बिन्धवासिनी साकोसका अध्यक्ष श्रेष्ठ मनोनित
२०८१ पुष १८, बिहिबार
काठमाडौं : बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषको सञ्चालक समितिको सदस्यमा बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मनोनित भएका छन् ।
बिन्धवासिनी साकोसको अध्यक्षमा शान्त कुमार श्रेष्ठ छन् । कोषको पौष ११ गते बसेको २३औं बैठकबाट श्रेष्ठ मनोनित भएका हुन् ।
सहकारी ऐन, २०७४ को दफा १०३ र सहकारी नियमावली, २०७५ नियम ७४ उपनियम २ को (झ) मा स्थिरीकरण कोषको सञ्चालन समितिमा सहभागी सहकारी संस्थाका अध्यक्षहरुमध्ये कोष सञ्चालन समितिले मनोनयन गरेका सदस्य रहने व्यवस्था छ ।
स्थिरीकरण कोष स्थापना तथा सञ्चालन कार्यविधि, २०७६ दफा ८ अनुसार योग्यता पुगेका सहकारीहरुमध्ये बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, काभ्रेका अध्यक्षलाई मनोनित गरेको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार