‘अन्तर्राष्ट्रिय सहकारी वर्ष’ विशेष बनाउन महासंघको अपिल
काठमाडौं : अन्तर्राष्ट्रिय सहकारी महासंघ र संयुक्त राष्ट्रसंघद्वारा घोषित अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ लाई विशेष बनाउन राष्ट्रिय सहकारी महासंघले अपिल गरेकोछ ।
महासंघका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलले सहकारी अभियन्ता, संघ÷संस्था तथा सरोकारवालाहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दै सहकारी वर्षलाई विशेष बनाउन अपिल जारी गरेका हुन् । ‘सहकारीले राम्रो संसारको निर्माण गर्ने छ’ भन्ने थिमका साथ २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षका रूपमा मनाउन पाउनु सबैका लागि गर्व र उत्साहको विषय भएको महासंघले बताएको छ ।
जारी अपिलमा भनिएको छ, ‘सहकारी सामाजिक व्यवसायले विश्वव्यापी चुनौतीहरूको सामना गर्दै दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि योगदान गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ । यसलाई थप व्यापक बनाउँदै यस वर्षलाई सहकारी अभियानको प्रभावकारीता र योगदान उजागर गर्ने ऐतिहासिक अवसरको रूपमा मनाउन हुन सम्पूर्णमा हार्दिक हासिक अवसरको रूपमा अनुरोध छ ।’
सहकार्य र समुदाय–केन्द्रित दृष्टिकोणले हामीलाई सहकारीका आजका चुनौतीहरूको सामना गर्न सामूहिक शक्ति प्रदान गर्ने समेत अपिलमा भनिएको छ ।
राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी बर्ष २०२५ लाई भव्य रुपमा मनाउन सहकारी संघ/संस्था र सरोकारवाला निकायहरूमा पाँच बुँदे अपिल जारी गरेको छ ।
१) सचेतना र रचनात्मक कार्यक्रमहरू सञ्चालन : सहकारीको महत्व र योगदानबारे सदस्य र आम समुदायलाई जानकारी गराउँदै रचनात्मक कार्यक्रमहरूको आयोजना गर्ने,
२) स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदारीलाई सुदृढ : सहकारी अभियानलाई दिगो र समावेशी बनाउन विभिन्न तहमा सहकार्यलाई सशक्त बनाउने,
३) दिगो विकास लक्ष्यहरूको प्रवद्र्धन : सहकारी मोडेलमार्फत SDGs को लक्ष्यमा आधारित उत्पादन र उत्पादकत्व वृद्धि लगायतका विशेष कार्यक्रमहरू सञ्चालन।
४) प्रभावकारी प्रचार-प्रसार : वर्ष, २०२५ लाई सहकारी क्षेत्रका सफलताको कथा उजागर गर्ने वर्षका रूपमा विकास गर्न संचारमाध्यम र अन्य प्रचार साधनहरूको भरपूर उपयोग गर्ने,
५) समाज र आर्थिक सशक्तीकरणमा योगदान : महिला, युवा र अन्य पिछडिएका वर्गहरूको सक्रिय सहभागिता सुनिश्चित गर्दै सहकारी अभियानमा थप प्रेरित गर्ने ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार