बचतकर्तालाई ‘गुड फर पेमेन्ट’ चेक दिएर रिहा भए जंगम र दाहाल
२०८१ पुष १५, सोमबार
काठमाडौं : साई स्वागत बचत तथा ऋण सहकारी संस्थाका निवर्तमान अध्यक्ष भरतमणि जंगम र तत्कालिन कोषाध्यक्ष लुमन दाहाल रिहा भएका छन् ।
सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा पुस ७ गते पक्राउ परेका जंगम र दाहाल गत शुक्रबार रिहा भएका हुन् । उनीहरुले बचतकर्तालाई करिब १ करोड १० रुपैयाँको ‘गुड फर पेमेन्ट’ चेक दिएर रिहा भएका हुन् ।
पीडित बचतकर्तालाई चेक दिएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको रोहबरमा दुवै जना गत शुक्रबार रिहा गरेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
काठमाडौं महानगरपालिकाको सहकारी विभागको टोलीले संस्थाको २०८० चैत २३ गते अनुगमन गरेको थियो । अनुगमनका क्रममा बचत फिर्ता नगरेको पाएपछि विभागले थप अनुसन्धान गर्न भन्दै प्रहरी परिसर काठमाडौंमा फाइल पठाएको थियो । उक्त फाइलका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार