१६ जेठ २०८३, शनिवार

पोखरा रोयलले ८.८८% ब्याजदरमै १ करोडसम्म लगानी गर्ने

२०८१ पुष १४, आईतवार
पोखरा रोयलले ८.८८% ब्याजदरमै १ करोडसम्म लगानी गर्ने

काठमाडौं : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले वार्षिक ८.८८ प्रतिशत ब्याजदरमै कर्जा प्रवाह गर्ने भएको छ।

संस्थाले नयाँ व्यवसाय वा व्यवसाय गरिरहेका सदस्यहरुको लागि १ करोड रुपैयाँसम्म लगानी गर्ने जनाएको छ ।

मंसिर मसान्तको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थासँग ३७.०२ प्रतिशत तरलता छ । तरलता व्यवस्थापनका लागि संस्थाले नयाँ योजना ल्याएको हो ।

संस्थाले नयाँ योजनाको बारेमा जानकारी गराउँदै भनेको छ, ‘समयमा नै यो अवसरमा सहभागी भै आफ्नो आर्थिक तथा अन्य आवश्यकताहरु योजनावद्ध रुपमा पुरा गर्न हामीसँग सहकार्य गरौं ।’

पोखरा रोयल साकोसले सदस्यको आवश्यकता र व्यावसायिक परियोजनाका आधारमा उद्यम सञ्चालनका लागि आवश्यक परामर्श, सीप र पुँजी उपलब्ध गराउँदै आएको छ ।

संस्थाले स्थापना गरेको व्यवसाय विकास सेवा कक्षमार्फत युवाहरूलाई व्यवसाय सञ्चालन, श्रोत व्यवस्थापन, व्यवसाय योजना, प्राविधिक सुविधा, मार्केटिङमा सहयोग, सम्भावित पेशागत उद्यम गर्न चाहने महिला, महिला तथा अपाङ्गता भएका सदस्यहरूलाई परामर्श र सल्लाह दिने गर्दछ ।

‘सुखी सदस्य, दिगो सहकारी’को परिकल्पना साथ सदस्य सेवामा पोखरा रोयल साकोस समर्पित छ ।

२०८१ मंसिर मसान्तको वित्तीय विवरण

अभिलेख

लोकप्रिय