सहकारीमा दोहोरो पदको बाटो खुल्यो
२०८१ पुष १०, बुधबार
काठमाडौं : सहकारीका सञ्चालकहरुलाई खुसीको खबर । सरकारले सहकारी ऐन २०७४ संशोधन गरी दोहोरो पदमा बस्ने बाटो खुला गरिदिएको छ ।
विद्यमान सहकारी ऐन २०७४ को दफा ४१ (५) मा कुनै एक व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था थियो । उक्त दफा संशोधन गरी प्रारम्भिक सहकारी संस्थाको संचालक माथिल्लो तहको कुनै एक संघमा र संघमा रहेको सञ्चालक माथिल्लो तहको कुनै एक संघमा सञ्चालक हुन पाउने व्यवस्था गरिदिएको छ ।
यो व्यवस्थाले दोहोरो पद ओगटेका सहकारीका सञ्चालकलाई फाइदा पुगेको छ ।
त्यस्तै उपदफा (६) थप गरिएको छ । उपदफा (६) मा ‘कुनै पनि व्यक्ति सहकारी संस्थाको सञ्चालक पदमा दुई कार्यकाल भन्दा बढी अवधिको लागि निर्वाचित हुन र बहाल रहन सक्ने छैन ।’ भन्ने व्यवस्था गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार