सदस्यबाट उत्पादित सामग्रीको प्रदर्शनी तथा बिक्री मेला गर्दै मकवानपुर बचत संघ
हेटौंडा : सहकारीका सदस्यबाट उत्पादित सामग्रीको प्रदर्शनी तथा बिक्री मेला हेटौंडामा हुने भएको छ । मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २०औं स्थापना दिवसको सन्दर्भमा हेटौंडामा तीन दिवसीय मेला हुन लागेको हो ।
मेला पुस १६ देखि १८ गतेसम्म सञ्चालन हुने छ । मेलाको तयारी पुरा भएको समेत आयोजक संघले जनाएको छ । हेटौंडा-२, स्थित संघको नवनिर्मित भवनमा मेला हुने संघकी अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिईन ।
मेलामा साकोस, कृषि तथा बहुउद्देश्यीय सहकारीका उत्पादनका साथै सहकारीका सदस्यहरुले उत्पादन गरेका हस्तकला, खाद्य, मसला, दुग्धजन्य सामग्रीहरू स्टलमा राखिने अध्यक्ष श्रेगठले बताइन् । मेलामा ४० स्टल रहने छ भने करिब १० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।
प्रदर्शनीमा करिब पाँच लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सोही सन्दर्भमा सहकारी हाजिरीजवाफ, निबन्ध प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गरिएको छ ।
साथै पौष १८ गते संघको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । संघले करिब ३ करोड ५० लाख रुपैयाँ खर्चेर ३४ धुर क्षेत्रफलमा २९ सय स्क्वायर फिटको नयाँ भवन हेटौंडामा निर्माण गरेको छ ।
संघको स्थापना दिवसको सन्दर्भ पारेर यस भवनको समेत उद्घाटन गरिने व्यवस्थापक सुमित्राकुमारी वाइवाले बताइन् । भवन निर्माण गर्न प्रदेश सरकारबाट ३३ लाख, जिल्लाका ४ वटा पालिकाबाट अनुदान रकम, सदस्य सहकारीबाट करिब ९ लाखभन्दा बढी र संघको जगेडा कोषबाट बजेटको व्यवस्था गरिएको उनले बताईन ।
‘सहकारीले बचत र ऋण मात्र प्रवाह गर्दैन, रोजगारी पनि सिर्जना गरेको छ भनेर हामीले भनिरहेका थियौं । यसलाई पुष्टि गर्न पनि मेला आयोजना गर्न लागेका हौं,’ अध्यक्ष श्रेष्ठले भनिन्, ‘मेलाबाट पक्कै पनि सहकारीले गर्दै आएको कामले थप बजार पाउने विश्वास हामीले लिएका छौं ।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार