नेफ्स्कूनको ३३औं वार्षिक साधारण सभा बुटवलमा सुरु
रुपन्देही : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३३औं वार्षिक साधारण सभा सुरु भएको छ ।
नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आयोजित सभाको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले लुम्बिनी प्रदेशको बुटवलस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एक समारोहका बीच आज बिहान उद्घाटन गरेका छन् ।
दुई दिनसम्म चल्ने साधारण सभामा संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम सञ्चालन संघका महासचिव घनश्याम अधिकारीको गरेका छन् ।
सभामा लुम्बिीनी नेकपा एमाले सहकारी विभाग प्रमुख खगराज अधिकारी, राष्ट्रिय सहकारी महासंघ नेपालकी अध्यक्ष ओमदेवी मल्ल तथा अन्य विषयगत केन्द्रीय सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिहरु, राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष मित्रराज दवाडी, यसैगरी, बुटवल उप-महानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, तिलोत्तमा, रुपन्देहीस्थित विभिन्न स्थानीय निकायका प्रमुख तथा उपप्रमुखहरु, सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे, संघका पूर्व अध्यक्षहरु, नेफ्स्कून पूर्व सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारी एवम् सदस्यहरु, संघको रणनीतिक साझेदार निकायका प्रतिनिधिहरु, लुम्बिनी प्रोस्कूनका अध्यक्ष कृष्ण नेपाल, बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष, स्थानीय बुद्धिजीवी तथा पत्रकारहरु लगायतको आतिथ्यता रहेको छ ।
सभामा संघकी उपाध्यक्ष शान्ती अधिकारी, कोषाध्यक्ष दिपक थापा, लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेल लगायत संघको सिङ्गो सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिसँगै डा.शिवजी सापकोटा नेतृत्वको व्यवस्थापन समूह, देशभरबाट सहभागी सदस्य संघ/संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता छ । नेफ्स्कूनले १६ वर्षपछि काठमाडौं उपत्यकाबाहिर वार्षिक साधारण सभा आयोजना गरेको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार