२० भदौ २०८३, शनिवार

यी हुन् नेफ्स्कूनबाट पुरस्कृत हुने संघ/संस्था तथा व्यक्तिहरु

२०८१ पुष ५, शुक्रबार
यी हुन् नेफ्स्कूनबाट पुरस्कृत हुने संघ/संस्था तथा व्यक्तिहरु

रुपन्देही (बुटवल) : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले सहकारी तथा साकोस अभियानमा दीर्घ योगदान दिने, उत्कष्ट कार्यसम्पादन गर्ने व्यक्ति एवम् संघ संस्थाहरुलाई पुरस्कृत तथा सम्मानित गरेको छ ।

बुटवलमा आयोजना गरिएको ३३औं वार्षिक साधारण सभा अन्तर्गत आज (पुस ५ गते) विभिन्न विधामा उत्कृष्टहरुलाई सम्मानित गरेको हो । साधारणसभाको प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल एवम् प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा लगायतले नेफ्स्कून सम्मान तथा पुरस्कार २०८१ बाट विभिन्न व्यक्ति तथा संघ संस्थालाई सम्मानित गरेका थिए ।

नेफ्स्कूनले लामो समयदेखि सहकारी तथा साकोस अभियानमा योगदान दिने व्यक्तित्व तथा उत्कष्ट कार्यसम्पादन गर्ने व्यक्ति एवम् संघ संस्थाहरुलाई स्थापना दिवस (साउन ३२ गते) को अवसरमा सम्मान पुरस्कार घोषणा गर्दै आएको छ । यसरी घोषित सम्मान पुरस्कार संघको वार्षिक साधारणसभामा प्रदान गर्ने प्रचलन छ ।

नेफ्स्कून सम्मान तथा उत्प्रेरणा नीति २०६८ (संसोधन समेत) को खण्ड ३ को दफा ५ बमोजिमका विधाहरुमा दफा ८ ले तोकेको मापदण्डका आधारमा नेफ्स्कून सम्मान तथा पुरस्कार उपसमितिबाट मुल्याङकन गरी सिफारिस गरिएका संघ/संस्था र व्यक्तिहरुलाई नेफ्स्कूनको ३७ औ स्थापना दिवसका अवसरमा घोषणा गरी वार्षिक साधारण सभामा सम्मान तथा उत्प्रेरणा प्रदान गर्ने निर्णय उपसमितिले गरेको थियो ।

नेफ्स्कून सम्मान पुरस्कारको आवदेन यो पटक संघको सदस्य सूचना प्रणाली (एमआईएस) मार्फत माग गरेको थियो । गत वर्षबाट संघले सम्मान पुरस्कारको आवेदनलाई अनलाईन प्रणाली (एमआईएस) मार्फत प्रविधिमैत्री बनाएको हो ।

पुरस्कृत हुने संघ/संस्था तथा व्यक्तिहरु

अभिलेख

लोकप्रिय