‘मिरा इआरपी’ प्रयोग गर्ने सहकारीको संख्या चार सय नाघ्यो
काठमाडौं : नियोसिस टेक्नोलोजी प्रा.लि.द्वारा निर्मित ‘मिरा इआरपी’ (Myra ERP) चलाउने सहकारीको संख्या चार सय नाघेको छ । मंसिर महिनामा मात्रै ३७ नयाँ सहकारी थपिएका छन् । मंसिर मसान्तसम्म मिरा प्रयोगकर्ताको संख्या ४ सय ६ पुगेको नियोसिस टेक्नोलोजीले जनाएको छ । हालसम्म मिराको पहुँच ६२ जिल्लामा पुगेको छ।
‘मिरा इआरपी’ सहकारीहरुको लागि निर्मित ISO 27001:2022 Certified SAAS प्लेटफर्म हो । सहकारीहरु बीच साझा डिजिटल प्लेटफर्म निर्माण गर्ने उद्देश्यका साथ तयार भएको मिरा इआरपी सफ्टवेयरलाई नियोसिस टेक्नोलोजीले न्यूनतम वार्षिक शुल्कमा उपलब्ध गराउँदै आएको छ ।
कम्पनीले नि:शुल्क रुपमा सफ्टवेयर जडान, माइग्रेसन, सपोर्ट, तालिम, क्लाउड डाटा ब्याकअप, मोबाइल बैंकिङ एप्लीकेसन, इ-बैंकिंङ, एसएमएस बैंकिङ बजार प्रतिनिधिहरुले प्रयोग गर्ने एप्लीकेसन आदि उपलब्ध गराई सहकारीहरुलाई प्रभावकारी सेवा प्रवाह गरिरहेको छ ।
मिरा इआरपी निमार्ण कम्पनी नियोसिस टेक्नोलोजीमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र प्रविधिहरुको क्षेत्रमा अब्बल कम्पनी रारा डिजिटल ल्याब्स प्रा.लि.को संयुक्त लगानी छ ।
मिरा इआरपी सफ्टवेयरको मुख्य विशेषताहरुमा सेवाको रुपमा सफटवेयर प्रयोग गर्न सकिने, सफ्टवेयर राख्न र प्रयोग गर्न छिटो हुने, सुरक्षा, गोपनीयता र तथ्यांक भण्डारमा सहज, साझा प्रविधि, सहकारीहरु एकअर्कासँग जोडिने, बैज्ञानिक मूल्य निर्धारण, कोपोमिसमा सहज तथ्यांक प्रविष्टि, प्रयोगकर्ताहरुलाई चलाउन सजिलो, टिटिआर र एएमएल रिपोर्ट, अंग्रेजी र नेपालीमा उपलब्ध, २४ सै घण्टा प्राविधिक सहयोग उपलब्ध हुने रहेको कम्पनीले जनाएको छ ।
यो सफ्टेवर प्रयोग गर्न अब सहकारीहरुले अन्य कुनै पनि हार्डवेयर, सुरक्षा, क्लाउड भण्डारण, ब्याकअप, फायरवाल, भिपिएन आवश्यक पर्दैन । कम्पनीले सफ्टवेयरको न्यूनतम १६ हजार रुपैयाँ कायम गरेको छ ।

के हो मिरा इआरपी ?
इआरपी भन्नाले कुनै पनि व्यवसाय भित्रका कोर बैंकिङ प्रणाली, सफ्टवेयर, मानव संशाधन, हाजिरी व्यवस्थापन, वित्तीय प्रतिवेदन, कारोबार, वित्त व्यवस्थापन, बिक्री तथा बजारीकरण, लेखा प्रणाली आदि सबै अंग, क्षेत्र तथा क्रियाकलापहरुहरुलाई प्रविधिको माध्यमबाट एकीकृत रुपमा व्यवस्थापन गर्ने प्रक्रिया बुझिन्छ ।
यो ‘क्लाउड बेस्ड’ इआरपी प्रणाली हो । जिमेल, फेसबुक जस्तै एप्लिकेसन सर्भिसका रुपमा यसको प्रयोग गर्न सकिन्छ । इन्टरनेट उपलब्ध रहेको सामान्य डिभाइसमा नै यो चलाउन सकिने भएकाले यसको प्रयोगका लागि सहकारी संस्थाहरुले पूर्वाधार निर्माण र जडानमा ठूलो लगानी तथा धेरै समय खर्चनु पर्दैन ।
यसको प्रयोग गर्दा संस्थाहरुले सर्भर, इन्फास्टक्चर, सेक्युरिटी, ब्याकअप प्रोसेसर, डिजास्टर रिकोभरी सेन्टर जस्ता प्राविधिक पूर्वाधारका लागि कुनै तनाव लिनु पर्दैन । सबै सुविधाहरु मीरा इआरपी मै उपलब्ध छ । सामान्य दैनिक काम गर्ने कर्मचारीबाट सेवा संचालन गर्न सकिन्छ ।
यो पूर्णतः ‘सास’ टेक्नोलोजी हो । प्रोपर सास हुनका लागि क्लाउडमा मल्टिटेनान्डको व्यवस्था हुनुपर्छ । यसमा एउटा सहकारीको डेटाबेसले अर्को सहकारीको डेटाबेस चिन्नु हुँदैन । बजारमा आजको दिनमा धेरै कम्पनीहरुले भिपिएन बेच्ने, ब्याकपका लागि अर्को मेसिन लिएर गर्ने र छुट्टै शुल्क लिने गरेको पनि पाइन्छ ।
तर, यसले प्रोपर सास नै प्रयोग गरेको छ । प्रविधि प्रयोग मल्टीटेनान्ड हुनुपर्छ, सिङगल एप्लिकेशन स्टार्ट हुनुपर्छ । कुनै नयाँ सहकारी मीरा इआरपीमा आउने वित्तीकै नयाँ सिस्टम, नयाँ मेसिन किन्नुपर्दैन । भएकोमा नै साइनअप गरेर तुरुन्तै सिस्टम डेलिभरी गर्न सक्छौं । त्यो हिसावले मिरा प्रोपर सास प्रोभाइडर हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार