सहकारीका समस्या समाधानका लागि अभियान र सरकारको समन्वयमा जोड
काठमाडौं : राष्ट्रिय सहकारी महासंघको आयोजनामा काठमाडौँमा मंगलबार सम्पन्न बागमती प्रदेश केन्द्रित सहकारी सुशासन प्रवद्र्धनसम्बन्धी प्रादेशिक अभिमुखीकरण गोष्ठीले सहकारीमा देखिएका चुनौतीहरू समाधान गर्न सरोकारवालाबीच स्पष्ट भूमिका र सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
सहकारी संस्थाहरूको ३५ प्रतिशत योगदान रहेको यस प्रदेशको समस्या समाधान गर्दा देशभरि नै महत्वपूर्ण सन्देश जाने भएकाले यस कार्यक्रमलाई महत्वसाथ हेरिएको छ । सहकारी क्षेत्रलाई सुदृढ गर्न सरकार, सहकारी संघ/संस्था, नियामक निकाय र अन्य सरोकारवालाबीच भूमिकाको स्पष्टता र समन्वय अपरिहार्य रहेको औल्याएको छ ।
सहकारी क्षेत्रका वर्तमान ऐन कानुनलाई समयसापेक्ष पुनरावलोकन गर्ने, सहकारी संस्थाहरूमा पारदर्शिता र जवाफदेहितालाई सुदृढ गर्ने, डिजिटल प्रणालीको व्यापक प्रयोग र गुणस्तरीयता कायम गर्ने, सहकारी सदस्यहरूको विश्वासलाई कायम राख्न सुशासन, वित्तीय पारदर्शिता र सदस्यहरूको हितलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्ने निस्कर्ष निकालेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा भएको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी सुशासनलाई प्रभावकारी बनाउन सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको औल्याए । उनले समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने विषयमा गृहकार्य भइरहेको समेत बताए । उनले सहकारीका विषयमा भ्रम फैलाउने विरुद्ध अभियानले सकारात्मक सन्देश प्रभाव गर्नुपर्नेमा जोड दिए । पूर्व अर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. युवराज खतिवडाले प्रमुख वक्ताका रूपमा सहकारी क्षेत्रको सुदृढीकरणका लागि अभियानभित्रबाटै स्वनियमनको विधिलाई मजबुद बनाउनुपर्नेमा जोड दिए ।
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारी अभियानको वर्तमान अवस्था, यसको चुनौतीहरू र सुशासन प्रवद्र्धनका उपायहरूबारे आफ्नो धारणा प्रस्तुत गरिन् । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले “सहकारी सुशासन प्रवद्र्धनः सरोकारवाला निकायहरूको भूमिका” शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमको मुख्य आकर्षण प्यानल छलफल रहेको थियो । जसमा राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव डा. खगराज शर्मा, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे र काठमाडौं महानगरपालिका सहकारी शाखा प्रमुख नमराज ढकाल सहभागी थिए । छलफलको सञ्चालन महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले गरेकी थिईन् । कार्यपत्रबाट निस्केका निष्कर्षहरूलाई महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले सार्वजनिक गरेका थिए ।
महासंघका पूर्व अध्यक्ष तथा पूर्व मन्त्री केशव बडाल, पूर्व अध्यक्ष दीपकप्रकाश बाँस्कोटा, निवर्तमान अध्यक्ष मिनराज कडेल र उपाध्यक्ष डिवी बस्नेतले सहकारी क्षेत्रको सशक्तीकरण र प्रवद्र्धनका लागि आफ्ना विचार प्रस्तुत गर्नुभएको थिए । कार्यक्रम महासंघका सञ्चालक सुमन नेपालले संचालन गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित सरोकारवालाहरूले सहकारी अभियानलाई सही दिशा दिन यस्ता अभिमुखीकरण कार्यक्रमहरू उपयोगी रहेको बताएका छन् । सहभागीहरूको उत्साह र सकारात्मक प्रतिक्रियाले आगामी दिनमा सहकारी क्षेत्रका सुधार प्रयासलाई थप गतिशील बनाउन प्रेरणा प्रदान गर्ने विश्वास भएको अध्यक्ष ओमदेवी मल्लले बताईन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
