‘नवजीवन’ ब्राण्डको चामल ल्याउँदै नवजीवन सहकारी, मन्त्री अधिकारीले गरे उद्घाटन
कैलाली : नवजीवन सहकारी संस्थाले एक महिना भित्र ‘नवजीवन’ ब्राण्डको चामल बजारमा ल्याउने भएको छ । संस्थाले कैलालीको गोदावरी नगरपालिका-८, मजगाँउमा अत्याधुनिक राईस मिल स्थापना गरेको छ । उक्त मिलको आईतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले उद्घाटन गरेका छन् ।

संस्थाले ३१ औं वार्षिक साधारण सभाको अवसर पारेर मिलको उद्घाटन गरेको हो ।
संस्थाले कृषि उप आयोजना अन्तरगत डेढ करोड लगानी गरेर मिल सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष देवबहादुर बमले जानकारी दिए । एक महिना भित्र ‘नवजीवन’ ब्राण्डको चामल बजारमा ल्याउने तयारी संस्थाको रहेको उनले बताए ।
प्रति घण्टा २० क्विटल चाम उत्पादन गर्ने क्षमता मिलको रहेको छ । संस्थाले १० हजार क्विटल (५ करोड रुपैयाँको) धान समेत गरिद गरिसकेको छ । त्यस्तै थप १० हजार क्विटल धान सदस्यहरुसँग खरिद गरीसकेको समेत अध्यक्ष बमले जानकारी दिए । त्यस्तै गहुँको पिठो, मुसुरोको दाल र तोरिको तेल समेत उत्पादन गर्ने तयारीमा संस्था रहेको उनको भनाई छ । ‘नवजीवन’ ब्राण्डको चामल बजार मूल्यभन्दा तीनदेखि ६ रुपैयाँ प्रतिकेजी सस्तो पर्ने उनको दाबी छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
