सहकारी सुशासन प्रवद्र्धन सम्बन्धी अभिमुखिकरण कार्यक्रम काठमाडौंमा हुँदै
काठमाडौं : राष्ट्रिय सहकारी महासंघ, नेपालको आयोजनामा बागमती प्रदेश केन्द्रीत ‘सहकारी सुशासन प्रवद्र्धन सम्बन्धी प्रादेशिक अभिमुखिकरण कार्यक्रम’ मंगलबार (पुस २ गते) काठमाडौंमा हुने भएको छ ।
बागमती प्रदेश सहकारी अभियानको महत्वपूर्ण केन्द्र भएकाले पनि यो कार्यक्रमलाई विशेष रुपमा हेरिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा आयोजना हुने यस कार्यक्रममा सहकारी सुशासन प्रवद्र्धनमा सरोकारवालाको भूमिका स्पष्ट पार्ने र प्रदेश भित्रका चुनौतीहरूको समाधान खोज्ने मुख्य उद्देश्य रहेको महासंघका अध्यक्ष ओमदेवी मल्लले जानकारी दिईन ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विशेष सम्बोधन गर्नेछन् । सहकारी अभियानलाई नजिकबाट नियालेका पूर्व अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा। युवराज खतिवडा प्रमुख वक्ताका रूपमा सहभागी हुने महासंघले जनाएको छ।
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सहकारी अभियान र यसको पछिल्लो चुनौतीका विषयमा आफ्नो विचार प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरेले ‘सहकारी सुशासन प्रवद्र्धनः सरोकारवाला निकायहरूको भूमिका’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नेछन् ।
सहकारीका वर्तमान समस्या र समाधानका उपायहरूमाथि केन्द्रित प्यानल छलफल कार्यक्रमका अर्को मुख्य आकर्षणका रुपमा रहेको छ ।
प्यानल सदस्यहरू राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव डा। खगराज शर्मा, बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका रजिष्ट्रार राजन पोखरेल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, काठमाडौं महानगरपालिका सहकारी शाखा प्रमुख नमराज ढकाल छन् । कार्यक्रमको मोडरेटर महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले गर्नेछिन् ।
देशभरका सहकारी संस्थाहरूको ३५ प्रतिशत बागमती प्रदेशमा रहेको छ । २७ लाखभन्दा बढी सहकारी सदस्य बागमती प्रदेशमा छन् । कुल शेयर पुँजीको ५४।६४ प्रतिशत, बचतको ४५ प्रतिशत र कर्जा पोर्टफोलियोको ४६ प्रतिशत बागमती प्रदेशका सहकारी संस्थाहरूले ओगटेका छन् ।
सहकारी क्षेत्रमा सुशासन प्रवद्र्धन र नयाँ दिशानिर्देश प्राप्त गर्न यो कार्यक्रम महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी क्षेत्रका लागि खुसीको खबर : अब सदस्यलाई मोबाइल एपबाटै ऋण आवेदनको सुविधा
२२ कार्तिक २०८३, शनिबार
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
