शिक्षक हित साकोसको १६औं साधारण सभा सम्पन्न
ललितपुर : ललितपुर महानगरपालिका वडा नं. १७, त्यागलमा मुख्य कार्यालय रहेको शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभाको प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे थिए।
सहकारीले वार्षिक साधारण सभाकै क्रममा उत्कृष्ठ अंकसहित माध्यामिक शिक्षा कक्षा १० (एसईई) उर्तीण सेयर सदस्यका छोरा छोरीहरुलाई नगद पुरस्कार तथा उत्तीर्ण विद्यार्थीलाई यातायात खर्चसहित सम्मान गरेको छ । यस्तै माध्यामिक शिक्षा कक्षा १२ मा उत्कृष्ठ अंक ल्याउने सेयर सदस्यका छोरा छोरी ३१ जनालाई सम्मान गरेको छ । सहकारी संस्थाले साधारण सभामै संस्थाका ३४ जना ज्येष्ठ सदस्यहरुलाई सम्मान गरेको छ ।
यस्तै सहकारीले पीएचडी तथा एमफिल पूरा गरेका सेयर सदस्यहरुलाई दिँदै आएको विशिष्ठ शिक्षा सम्मान यस वर्ष ६ जना एमफिल पूरा गरेका सेयर सदस्यलाई दिएको छ । सहकारीले उत्कृष्ठ बालबचतकर्तालाई पनि वार्षिक साधारण सभाका क्रममा सम्मान गरेको छ ।
‘आपसी सहयोग, सद्भाव साथै शिक्षक हितका लागि सहकारी’ भन्ने मुल नाराका विं.सं.२०६५ साल मंसिर ५ गते ललिपतुर जिल्लाभरी कार्यक्षेत्र रहने गरी ६ लाख ५० हजार सेयर पूजीँबाट सुरु भएको यो सहकारीमा २०८० सालमा आइपुग्दा सेयर पूजी ३ करोड ७९ लाख ७५ हजार पुगेको छ । सहकारीले चालु आर्थिक वर्षमा सेयर पूँजी २० लाख रुपैयाँ थपेर ३ करोड ९९ लाख ७५ हजार पुरयाउने लक्ष्य लिएको छ ।
स्थापना कालमा ६५ जना सेयर सदस्य रहेकोमा २०८०/८१ मा आइपुग्दा यो संख्या बढेर १९०४ पुगेको छ । सहकारी आ.व. २०८०/८१ मा सदस्यहरुबाट ७१ करोड ५१ लाख १७ हजार ७८३ रुपैयाँ कारोबार गरी सेयर सदस्यहरुलाई आर्थिक, सामाजिक शैक्षिक र सांस्कृतिक सेवा प्रदान गरेको अध्यक्ष शुक्र थापाले १६औं वार्षिक साधारण सभामा प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
अध्यक्ष थापाले साधारण सभामा पेश गरेको वार्षिक प्रतिवेदन अनुसार सहकारीमा आव २०८०/८१ मा बचत मौज्दात २८ करोड ५९ लाख २ हजार ६६४ रुपैयाँ, कर्जा लगानी २४ करोड ४६ लाख ६० हजार १६४ रुपैयाँ तथा खुद मुनाफा ९१ लाख ६६ हजार २ सय रुपैयाँ गरेको छ ।
सहकारीले साधारण बचत, विशेष बचत, बाल बचत, मुद्दती बचत, मासिक बचत, ज्येष्ठ नागरिक बचत, स्वास्थ्य हित बचत, कर्मचारी हित बचत, विपद् व्यवस्थापन बचत, दिगो प्रतिफल बचत, बोनस बचत गरी ११ प्रकारको बचतको व्यवस्था गर्दै ती बचतका लागि ५ प्रतिशतदेखि १३ प्रतिशतसम्म ब्याज दिने गरेको छ ।
साधारण सभाका प्रमुख अतिथि सभामुख देवराज घिमिरेले जानेर नजानेर सहकारीमा ठगी गर्ने प्रबृत्ति बढेको भन्दै सहकारीको सिद्धान्तलाई नियमन गर्नेहरु नै आफ्नो अनुकूल सहकारीलाई चलाउनेमा लागेको देखिनु विडम्बना भएको बताए ।
उनले सहकारी सिद्धान्तले आर्थिक पारदर्शिता खोजेको बताउँदै सहकारीको लक्ष्य अनुसार निष्कलंक भएर राम्रो काम गर्न आग्रह गरे। ‘आपतविपदमा संस्थाले ठूलो काम गर्न सक्छ, समाज पूँजीबादीको हिततीर मात्रै गएको छ, पैसा नहुनेहरुको लास घरबाट नउठ्ने अवस्था छ, केही सहकारीले राम्रो काम पनि गरेका छन्। यस्तो वेलामा समाजका कमजोर वर्गमा लागि सहकारी महत्त्वपूर्ण भूमिका खेल्न सक्छु’, सभामुख घिमिरेले भने । उनले शिक्षकहरूको हीतका लागि सानोसानो पूँजी जुटाएर काम गरेको सहकारी संस्थाले उत्कृष्ट काम गर्दै देशभरि अगुवाई गरेर अगाडि बढेकोमा खुसी व्यक्त गरे।
‘रचनात्मक काम गर्दै आर्थिक रुपमा अगाडि बढेको यस सहकारीको सफलताको शुभकामना व्यक्त गर्दछु, सामुहिक काम बाट समाजलाई परिवर्तन गर्न सकिन्छ भन्ने यस संस्थाले परिभाषित गरेको छ, यस संस्थामा आवद्ध शिक्षकलाई सन्तुष्टि दिने निकै ठूलो रचनात्मक काम संस्थाले गरिरहेकोमा हार्दिक शुभकामना व्यक्त गर्दछु, साथै आगामी दिनहरुमा सहकारीहरुको अगुवाई गरेर नमुना बन्न आग्रह गर्दछु’, सभामुख घिमिरेले भने ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार