१३ माघ २०८१, आईतवार

सहकारीकर्मी भोलानाथ पाठकको ‘मस्त जवानी’ सार्वजनिक (भिडियो सहित)

२०८१ मंसिर २०, बिहिबार
सहकारीकर्मी भोलानाथ पाठकको ‘मस्त जवानी’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं : सहकारीकर्मी भोलानाथ पाठकको रचना गरेको ‘मस्त जवानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा प्रताप दास र रोजिना बस्नेतको स्वर रहेको छ । गीतमा मनोहर सुनामको एरेन्ज तथा संगीत भरेका छन् । दर्जनौं गीतका शब्द कोरिसकेका पाठक काठमाडौंमाको सिमामंगल स्थित पाँचतारा बचत तथा ऋण सहकारीका अध्यक्ष हुन् ।

मोडल बिजु पार्की, उषा उप्रेतीको मुख्य अभिनय रहेको भिडियोलाई कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् । भिडियोको छायांकन उत्सव दाहाल र सम्पादन मिन रावलले गरेका हुन् । भिडियोमा राहुल बराईलीको कोरियोग्राफी रहेको छ।

 

अभिलेख

लोकप्रिय