रुपन्देहीको निष्ठा साकोस स्तरीकरण कार्यक्रम ‘प्रोवेसन’मा आवद्ध
काठमाडौं : रुपन्देहीको सियारी-५, दुर्गापुरस्थित निष्ठा बचत तथा ऋण सहकारी संस्था नेफ्स्कूनले सञ्चालन गरेको साकोसहरुको गुणस्तर सुनिश्चिततासम्बन्धी राष्ट्रिय सतरको स्तरीकरण कार्यक्रम प्रोवेसनमा आवद्ध भएको छ । सो सम्बन्धी द्धिपक्षीय सम्झौतापत्रमा आज मंसिर १८ गते हस्ताक्षर गरी आदानप्रदान गरिएको छ ।
नेफ्स्कून सञ्चालक ज्ञानु पौड्याल, कार्यक्रम अधिकृत सन्दिप राज ढकाल र नेफ्स्कून रुपन्देही सदस्य सेवा कार्यालयका व्यवसाय सहायक प्रकाश लुहार सहभागी उक्त कार्यक्रममा साकोसकातर्फबाट अध्यक्ष लाल बहादुर बस्नेत, व्यवस्थापक प्रेम बहादुर गोदार र लेखापाल तोरन बहादुर केसी सहभागी थिए।
प्रोवेसन अर्थात् पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रममा आवद्धताले संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास साकोसले लिएको छ ।
नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) कार्यक्रममा विगत २ बर्षदेखि आवद्ध निष्ठा साकोसले स्तरोन्नति गर्दै प्रोवेसन कार्यक्रममा सहभागिता जनाउने निधो गरेको हो ।