चन्द्रागिरि साकोसको अध्यक्षमा शिवशंकर मानन्धर, महिला र युवाको सहभागिता ६६ प्रतिशत
काठमाडौं : चन्द्रागिरि बचत तथा ऋण सहकारी संंस्था लिमिटेडको २३ औं वार्षिक साधारण सभाले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति सर्वसम्वत चयन गरेको छ ।
मंगलबार सम्पन्न संस्थाको २३औं साधारण सभाले शिवशंकर मानन्धरको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र भानु प्रकाश ढकालको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्वत चयन गरेको हो । नवनिर्वाचित समितिमा ३३ प्रतिशत महिला र ३३ प्रतिशत युवा सदस्यहरुको सुनिश्चितता रहेको छ ।

नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा हरिहर सिग्देल, सचिवमा सरद कुँवर, सहसचिवमा दिल कुमारी महर्जन र कोषाध्यक्षमा मिना कुमारी पाठक रहेकी छिन् । त्यस्तै सदस्यहरुमा ऋषिराम घिमिरे, गोविन्द बस्नेत, रविना महर्जन, सुबास श्रेष्ठ, इन्द्र बहादुर महर्जन, माधवराज पाण्डे, रुपमा थापा मगर र सोहिल मानन्धर रहेको छन् ।
त्यस्तै लेखा सुपरीवेक्षण समितिको सदस्यहरु विना रोकाया र कृष्णप्रसाद लामिछाने रहेका छन्।
दुबै समितिका पदाधिकारीहरुले आजै पद तथा गोपनियताको सपथ समेत लिएका छन् । दुबै समितिको कार्यकाल ४ वर्षको रहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार