धादिङ बचत संघका अध्यक्ष शर्माले दिए राजिनामा
काठमाडौं : धादिङ बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष नवराज शर्माले राजिनामा दिएका छन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को कार्तिक २३ गते सम्पन्न साधारण सभा तथा अधिवेशनबाट शर्मा सञ्चालकमा निर्वाचित भएका थिए ।
सहकारी ऐन २०७४ को दफा ४१ (५) बमोजिम कुनै एक व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था छ । ऐन कार्यान्वयन गर्दै शर्माले बचत संघको अध्यक्षबाट राजिनामा दिएका हुन् ।
धादिङ बचत संघको १८ औं साधारण सभाबाट शर्मा अध्यक्षमा निर्वाचित भएका थिए । उनको कार्यकाल सकिन एक वर्ष बाँकी थियो । शर्माले मंसिर १० गतेबाट लागू हुनेगरी राजिनामा दिएका हुन् । शर्माको राजिनामा सँगै संघको कार्यवहाक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्षमा सम्हालेका छन् ।
राजिनामा दिँदै शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ मलाई संघको अध्यक्ष पदमा निर्वाचित गरे पश्चात् जिल्लाको बचत तथा ऋण सहकारी अभियानको सुदृढिकरण लागि संघमार्फत अभियानको सेवा गर्ने अवसर प्राप्त भयो । निर्वाचित भए पश्चात् आफ्नो बुद्धि र विवेकले भ्याएसम्म निष्पक्ष र व्यक्तिगत स्वार्थ रहित ढंगबाट संघमार्फत सदस्य संस्थाहरुको सेवा गर्ने प्रयत्न गरे जसको परिणाम र सहकर्मीहरुको साथ र प्रयत्नले धादिङ बचत संघले सदस्य संस्थाहरुको विश्वास आर्जन गरेको र शेयर पूँजीमा गत दुई आर्थिक वर्ष क्रमशः १८ प्रतिशत र १६ प्रतिशत लाभांस वितरण गर्न समेत सफल भएको छ’, थप लेखेका छन्, ‘जुनसुकै भूमिकामा रहे पनि जिल्लाको बचत ऋण सहकारी अभियानमार्फत समुदायको आर्थिक सामाजिक र साँस्कृतिक रुपान्तरणमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु । धादिङ बचत संघबाट प्रदान गरिने सबै तालिम तथा क्षमता विकास कार्यक्रमहरुलाई क्रमशः निःशुल्क गर्दै जाने अभियानलाई विद्यमान तथा आउने सञ्चालक समितिले समेत निरन्तरता दिनेछ भन्ने अपेक्षा समेत व्यक्त गर्दछु ।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार