सन् २०३० सम्मको रणनीति तय गर्दै आईसीए
काठमाडौं : अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) को साधारण सभा भारतको राजधानी नयाँ दिल्ली स्थित भारत मण्डपममा आज जारी छ ।
अन्तर्राष्ट्रिय सहकारी सम्मेलन २०२५ को अवसर पारेर आईसीएले आज वार्षिक साधारण सभाको कार्यक्रम राखेको हो । बिहान ९ः३० देखि सुरु भएको साधारण सभा बेलुकी ५ः३० बजेसम्म चल्नेछ ।

सभाले पछिल्लो १० वर्षे रणनीतिक योजनाको समिक्षा गर्नेछ । रुवाण्डाको किगालीमा सम्पन्न आईसीएको साधारण सभाको अनुमोदनसहित लागू गरिएको २०२०–२०३० को रणनीतिक योजना अन्तर्गत हालसम्म प्राप्त उपलब्धिहरुको समीक्षा तथा सिकाइबारे आजको सभामा छलफल हुनेछ । सभाले सन् २०३० सम्मको बाँकी अवधिलाई कसरी बढी उपलब्मिूलक बनाउने विषयमा समेत रणनीतिहरु तय गर्नेछ ।
यसैगरी, सहकारी परिचयसम्बन्धी विश्वव्यापी विमर्शको नतिजाहरुमा पनि छलफल गरी उक्त विषयमा सञ्चालक समितिले गरेका सिफारिश तथा सुझावहरुमा वृहत् छलफल गर्ने एजेण्डा छ । यस्तै, आईसीएका पूर्ण सदस्यहरुलाई प्रदान गरिने मतदान अधिकारमा संशोधन सम्बन्धी सञ्चालक समितिको सुझावमा पनि आज छलफल र निर्णय हुने बताइएको छ । त्यस्तै पूर्ण तथा एशोसिएट सदस्यहरुलाई लिइँदै आएको वार्षिक सदस्यता शुल्कमा पनि पुनरावलोकनको कार्यसूची रहेको छ ।
यसैगरी, आईसीएका अध्यक्ष एरियल ग्वार्कोको नेतृवत्व कस्तो रह्यो भन्ने विषयको प्रतिवेदनसँगै विश्व संगठनका नयाँ महानिर्देशक एरोन डगलसको हालसम्मको व्यवस्थापकीय भूमिका समेटिएको प्रतिवेदनमा पनि बहस तथा छलफलको कार्यक्रम छ ।

साधारण सभामा नेपालबाट पूर्व मन्त्री एवम् राष्ट्रिय सहकारी महासंघ नेपालका पूर्व अध्यक्ष केशव प्रसाद बडाल, निवर्तमान अध्यक्ष मिनराज कडेल, वरिष्ठ उपाध्यक्ष रमेश पोखरेल, राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव डा. खगराज शर्मा, नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल, राष्ट्रिय सहकारी बैंककी सञ्चालक अमृता सुब्बा र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाको सहभागिता छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार