१० असार २०८३, बुधबार

नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय सहकारी सम्मेलन सुरु, सहकारी वर्ष २०२५ को शुभारम्भ

२०८१ मंसिर १०, सोमबार
नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय सहकारी सम्मेलन सुरु, सहकारी वर्ष २०२५  को शुभारम्भ

भारत : नयाँ दिल्लीको भारतमण्डपमा अन्तर्राष्ट्रियसहकारी सम्मेलन२०२४ सुरु भएको छ ।

अन्तर्राष्ट्रीय सहकारी महासंघ (आईसीए) को आयोजनामा आजबाट सुरु भएको सम्मेलन नोभेम्बर ३० सम्म चल्नेछ ।

सम्मेलनको औपचारिक उद्घाटनभने आज स्थानीय समय अनुसार अपरान्ह बजे हुनेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले औपचारिक उद्घाटन गर्ने कार्क्रममा भुटानी प्रधानमन्त्री, संयुक्त राष्ट्र संघीय उच्चप्रतिनिधिहरु,आईसीएका अध्यक्ष, भारतीय गृह तथा सहकारी मन्त्री अमित शाहसँगै विभिन्न मुलुकको सहकारी अभियानकाविशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहनेछ ।

प्रधानमन्त्री मोदीले संयुक्त राष्ट्रको तर्फबाट संयुक्तसंघीय अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को समेत औपचारिक घोषणागर्ने कार्यक्रम छ।

यसैगरी, रोचडेल पायोनियर्स अवार्ड पनि आजै घोषणा गरिने आईसीए स्थापनाको सय ३० वर्षपछि पहिलो पटक भारतमा आयोजना हुने सम्मेलन २०२४ को थिम Cooperatives Build Prosperity For All रहेको

सम्मेलनमा नेपालबाट राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशव प्रसाद बडाल, निवर्तमान अध्यक्ष मिनराज कडेल, बरिष्ठ उपाध्यक्ष रमेशप्रसादपोखरेल, नेफ्स्कूनका अध्यबक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा, सञ्चालक शोभकुमारी राउत, राष्ट्रिय सहकारी विकास वोर्डका सदस्य सचिव डा खगराज शर्मा, राष्ट्रिय सहकारी बैंकका सञ्चालक अमृता सुब्बा र सञ्चारकर्मीहरुको सहभागिता रहेको छ।

सम्मेलनमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेवी मल्ल समेत प्यानलिष्टको रुपमा रहेको छ ।

सम्मेनमा विश्व सहकारी अभियानका थुप्रै समसामयिक विषयमा छलफलसहित निष्कर्ष निकालिने कार्यक्रम । सम्मेलनको दौरान आईसीएकोवार्षिक साधारण सभा पनि आयोजना हुँदैछ यसबाहेक

खासगरी दिगो विकासको लक्ष्य २०३० प्राप्तिमा विश्व सहकारी अभियानको भूमिकालाई केन्द्रमा राखेर सम्मेलनमा छलफल हुनेछ

अभिलेख

लोकप्रिय