भारतमा सहकारी विश्वविद्यालय खोल्ने मोदीको घोषणा
नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहकारी विश्व विद्यालय बनाउने घोषणा गरेका छन् ।
अन्तर्राष्ट्रिय सहकारी महासंघको आयोजनामा भारतको नयाँ दिल्लीमा सोमबारजबाट सुरु भएको अन्तर्राष्ट्रिय सहकारी सम्मेलन २०२४ मा प्रमुख वक्ताको रुपमा बोल्दै सहकारी क्षेत्रको विस्तार, विकास तथा अध्ययन अनुसन्धानका लागि सहकारी विश्वविद्यालय खोल्ने घोषणा गरेका हुन् ।
आफू भारतको प्रधानमन्त्री बनेपछि सहकारीको प्रवद्र्धनको निम्ति छुट्टै सहकारी मन्त्रालयको स्थापना गरेको स्मरण गर्दै मोदीले सहकारीले नै देशको अर्थतन्त्र बजबुद बनाउन टेवा पुग्ने धारणा राखे ।

‘पछिल्लो समय भारतमा सहकारीको विकास दु्रत गतिमा अगाडि बढि रहेको छ । विश्वले भारतको सहकारी अभ्यासलाई उदाहरणको रुपमा लिने स्तरमा हामी पुगेका छौं’, उनले भने, ‘सहकारीले नै मुलुकको दिशा र आधार तय गर्छ ।’
भारतमा ८ लाख सहकारीमा करिब ३० करोड मानिस आवद्ध भएको उनले बताए । गाउँ गाउँमा सहकारीको विस्तार भएको बताउँदै प्रम मोदीले करिब ९८ प्रतिशत हिस्सालाई सहकारी क्षेत्रले समेटेको बताए । प्रत्येक ५ भारतीयमा एक जना सहकारी अभियानसँग जोडिएको भन्दै हर क्षेत्रमा सहकारीको उपस्थिति बलियो भएको उनको दाबी थियो ।
‘विश्वको लागि सहकारी एक मोडल भएपनि भारतको लागि संस्कृतिको आधार अनि जीवनशैली हो । भारतको स्वतन्त्रता आन्दोलनलाई पनि सहकारिताले प्रेरित गरेको छ । सहकारीमार्फत आर्थिक सशक्तिकरणका साथै स्वतन्त्रता सेनानीहरुलाई सामूहिक मञ्च मिलेको छ’, उनले भने ।
प्रधानमन्त्री मोदीले भारतमा सहकारी बैंकलाई पनि सुधार गरी बलियो बनाएको बताए । १२ लाख करोड सहकारी बैंकमा जम्मा भएको भन्दै प्रधानमन्त्री मोदीले सहकारी बैंकलाई केन्द्रीय बैंक अर्थात रिजर्ब बैंक अफ इन्डिया अन्तर्गत ल्याउने, सहकारी बैंकका सदस्यहरुको ५ लाख सम्मको बचत सुरक्षण गर्ने, डिजिटल बैंकिङको बिस्तार गर्ने आदि कामहरु भएको बताए ।
सोमबारबाट सुरु भएको अन्तर्राष्ट्रिय सहकारी सम्मेलन २०२४ को नोबेम्बर ३० सम्म चल्नेछ । प्रधानमन्त्री मोदीले सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष घोषणा गरेकोमा धन्यवाद समेत दिएका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार