ज्योति मिर्मिरे सामुहिक साकोसको अध्यक्षमा पुन: सापकोटा
पनौती : ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः उद्धवप्रसाद सापकोटा निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न संस्थाको २५ औं वार्षिक साधारण सभाले आगामी चार वर्षका लागि सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरेको हो ।
नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा कान्छीमैया थापा कार्की, सचिव बुद्धसिंह थापा, कोषाध्यक्ष पूर्णराम तुलाधर निर्विरोध भएका छन् ।

महिला सदस्यहरुमा शोभा हाडा, पवित्रा सापकोटा, मनिला केसी निर्विरोध भएका छन् । संचालकहरुमा भुगोलतर्फ शिवराज श्रेष्ठ पाँचखाल, सरिता गिरी धुलिखेल, सविता बज्राचार्य बनेपा, लोकेन्द्रकुमार सापकोटा पनौती, भिमप्रसाद बञ्जारा पनौती, उमा थापा पनौती, सुर्यकुमारी तामाङ पनौती, रामप्रसाद तिमल्सिना बेथान्चोक रहेका छन् ।
त्यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा भिमसेन केसी र सदस्यहरुमा कुमार बस्नेत र राजुप्रसाद तिमल्सिना सदस्य रहेका छन् ।
संस्थामा १८ हजार ३ सय २६ सदस्य रहेका छन् । जस मध्ये ९ हजार १ सय ९९ पुरुष, ९ हजार १ सय ३ महिला, ३५ संस्थागत रहेका छन् । संस्थामा १ हजार ७ सय २५ जना बाल बचतकर्ता छन् । संस्थाको १२ करोड ३१ लाख ८ हजार ७ सय रुपैयाँ शेयर पुँजी, ९५ करोड १० लाख ६० हजार १ सय ७८ बचत, ९२ करोड ६२ लाख ६१ हजार १ सय ४१ रुपैयाँ ऋण लगानी रहेको छ ।
सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले संस्थाले शेयर सदस्यलाई विभिन्न क्षेत्रको सुविधा उपलब्ध गराउँदै गर्भदेखि दाहसंस्कारसम्मका सुविधामा सहजिकरण गरिएको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार