झापाको सिम्रिक सहकारी आधुनिक प्रविधि युक्त कोर बैंकिङ सिस्टम प्रिमियममा आबद्ध

काठमाडौं : झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्था प्रिमियम कोर बैकिङ सफ्टवेयर (प्रिमियम सिविएस) मा आवद्ध भएको छ ।
संस्थाले पुरानो सफ्टवेयरलाई परिवर्तन गरी प्रिमियम सिविएसमा आवद्ध भएको हो ।
प्रिमियम कोर बैकिङ सफ्टवेयर आईएसओ ९००१:२०१५ प्रमाणित सहकारी सफ्टवेयर हो । वेब बेस्ड प्रविधियुक्त कोर बैकिङ सिस्टम पछिल्लो समय सहकारीमा लोकप्रिय बन्दै गएको छ ।
अन्तर्राष्ट्रिय मान्यताप्राप्त यस सफ्टवेयर प्रिमियम टेक्नोलोजी प्रा.लि.ले निमार्ण गरेको हो । हाल देशभरका करिब ४ सय सहकारी संघ/संस्थाले प्रयोग गर्दै आएको छ ।
कम्पनीले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन नयाँ खाता खोल्ने र सदस्य पहिचान फारम अपडेट गर्न सकिने, ट्याबलेट बैंकिङ, लोन अटोमेशन र अन्य धेरै सेवा सुबिधाहरु प्रदान गर्दै आएको छ ।
कम्पनीले सफ्टवेरमा दिएको फिचर, सेक्युरिटी लगायतले प्रिमियम सबैको रोजाईमा पर्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन वनले बताए । प्रिमियम सफ्टवेयर प्रयोग गर्न चाहने सहकारी संस्थाले पुरानो सम्पूर्ण डाटा जस्ताको तस्तै सार्न सकिने उनले बताए ।
सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले हाल ४७ सेवा केन्द्रमार्फत ६५ हजार सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ। संस्थाको कुल वासलात ३ अर्ब १९ करोड रहेको छ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी चलाउनेहरुलाई नै सहकारीप्रति विश्वास छैन
३० बैशाख २०८२, मंगलवार

सहकारी ऐन बमोजिम कर लागू गर्न अध्यक्ष मल्लद्वारा सुझाव पेश
२८ बैशाख २०८२, आईतवार