झापाको सिम्रिक सहकारी आधुनिक प्रविधि युक्त कोर बैंकिङ सिस्टम प्रिमियममा आबद्ध
काठमाडौं : झापाको सिम्रिक बचत तथा ऋण सहकारी संस्था प्रिमियम कोर बैकिङ सफ्टवेयर (प्रिमियम सिविएस) मा आवद्ध भएको छ ।
संस्थाले पुरानो सफ्टवेयरलाई परिवर्तन गरी प्रिमियम सिविएसमा आवद्ध भएको हो ।
प्रिमियम कोर बैकिङ सफ्टवेयर आईएसओ ९००१:२०१५ प्रमाणित सहकारी सफ्टवेयर हो । वेब बेस्ड प्रविधियुक्त कोर बैकिङ सिस्टम पछिल्लो समय सहकारीमा लोकप्रिय बन्दै गएको छ ।
अन्तर्राष्ट्रिय मान्यताप्राप्त यस सफ्टवेयर प्रिमियम टेक्नोलोजी प्रा.लि.ले निमार्ण गरेको हो । हाल देशभरका करिब ४ सय सहकारी संघ/संस्थाले प्रयोग गर्दै आएको छ ।
कम्पनीले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, अनलाइन नयाँ खाता खोल्ने र सदस्य पहिचान फारम अपडेट गर्न सकिने, ट्याबलेट बैंकिङ, लोन अटोमेशन र अन्य धेरै सेवा सुबिधाहरु प्रदान गर्दै आएको छ ।
कम्पनीले सफ्टवेरमा दिएको फिचर, सेक्युरिटी लगायतले प्रिमियम सबैको रोजाईमा पर्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहन वनले बताए । प्रिमियम सफ्टवेयर प्रयोग गर्न चाहने सहकारी संस्थाले पुरानो सम्पूर्ण डाटा जस्ताको तस्तै सार्न सकिने उनले बताए ।
सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले हाल ४७ सेवा केन्द्रमार्फत ६५ हजार सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ। संस्थाको कुल वासलात ३ अर्ब १९ करोड रहेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार