१० असार २०८३, बुधबार

सुरक्षित साकोस एक्सेस कार्यक्रममा आवद्ध

२०८१ मंसिर ४, मङ्गलबार
सुरक्षित साकोस एक्सेस कार्यक्रममा आवद्ध

काठमाडौं : चितवनको सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि. एक्सेस स्तरीकरण कार्यक्रममा आवद्ध भएको छ ।

कालिका-६, खोलेसिमल अवस्थित साकोसका अध्यक्ष लालुप्रसाद दाहाल र नेफ्स्कूनकी उपाध्यक्ष शान्ती अधिकारीले सोमबार एक्सेस स्तरीकरण कार्यक्रम सम्बन्धी द्धिपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा साकोसका उपाध्यक्ष टंक बहादुर थापा, सचिव भीम प्रसाद लामिछाने, लेखा सुपरिवेक्षण समिति संयोजक होम प्रसाद भट्ट तथा प्रमुख कार्यकारी अधिकृत रामचन्द्र पाठक सहभागी थिए । साथै नेफ्स्कून चितवन सदस्य सेवा कार्यालय इन्चार्ज यमकला सुवेदीसँगै संघको स्थानीय व्यवस्थापन उपस्थिति थियो ।

सुरक्षित साकोसले एक्सेस कार्यक्रममा आवद्धताले साकोसलाई थप सुरक्षित, भरपर्दो र सदस्य मैत्री बनाउन टेवा पुग्ने विश्वास लिएको छ । एक्सेस स्तरीकरण कार्यक्रम नेफ्स्कून र एशियाली ऋण महासंघ (अकू) को प्राविधिक सहकार्यमा विगत लामो समयदेखि सञ्चालन हुँदै आएको छ । एक्सेस ब्राण्ड संस्थाको राष्ट्रिय अन्तर्राष्ट्रिय छविसँग जोडिएकाले पनि साकोसहरुमा यसप्रतिको आकर्षण बढ्दो छ ।

२०६५ सालमा स्थापित सुरक्षित साकोसमा हाल ५ हजार बढी सदस्य छन् । समुदायमा आधारित उक्त साकासको कुल सम्पत्ति ९९ करोड बढी रहेको छ भने कुल संस्थागत पुँजी १३ करोड ५१ लाख बढी छ ।

अभिलेख

लोकप्रिय