नवकान्तिपुर सहकारीको चौथो चरणको विस्तारित मञ्च तथा सदस्य अन्तरक्रिया सम्पन्न
काठमाडौं : नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चौथो चरणको विस्तारित मञ्च तथा सदस्य अन्तरक्रिया सहितको सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको कार्यक्षेत्र अन्तर्गत काठमाडांै महानगरपालिका वडा नं. १०, ११, १२, १३, १४, ३१, ३२ तथा भक्तपुर र ललितपुर जिल्ला क्षेत्रबाट प्रतिनिधिमूलक सदस्यहरुको सहभागितामा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष शिव प्रसाद सिटौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उल्लेखित क्षेत्रका सदस्यहरुको उल्लेख्य सहभागीता रहेको थियो । कार्यक्रममा संस्थाको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापनमा रहेका पदाधिकारीहरुले सदस्यहरुसँग अन्तरक्रिया गरेका थिए ।

कार्यक्रममा संस्थाको डिजिटल पेमेण्ट पार्टनर एफ वान सफ्टका प्रतिनिधिबाट डिजिटल शिक्षा प्रदान गर्दै डिजिटल कारोबार गर्दा सदस्यहरुले अपनाउनुपर्ने सावधानी, यसको जोखिम लगायतका बारेमा जानकारी गराएका थिए ।
त्यस्तै कार्यक्रमका प्रमुख प्रशिक्षक राष्ट्रिय सहकारी बैंकका तालिम अधिकृत नवकुमार अधिकारीले सहकारीको विकासक्रम, सहकारीको मूल्य, मान्यता र सिद्धान्त, संस्था सञ्चालनमा सदस्यहरुको भूमिका, संस्थाका सञ्चालकहरुले संस्थामा पुर्याउनुपर्ने योगदानको बारेमा चर्चा गरेका थिए ।
साथै प्रशिक्षक अधिकारीले बचतको महत्व तथा यसको परिचालन, ऋणको परिचालनसहित उद्यमशिलतामा सदस्यले खेल्न सक्ने भूमिका, बचतको महत्व, उद्यमशीलता विकासमा ऋणको परिचालन, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीहरु, सहकारी र अन्य बैंक वित्तीय संस्था बीचको भिन्नता, मुद्रास्फिती र यसले सदस्यहरुको दैनिकिमा पार्ने प्रभाव, नियमित बचत र सहकारीमा यसको महत्व लगायतका बिषयमा सदस्यहरुलाई वित्तीय शिक्षा प्रदान गरेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष शिव प्रसाद सिटौलाले संस्थाको २०८१ असोज मसान्त सम्मको वित्तीय विवरण सदस्यहरुमाझ प्रस्तुत गर्दै संस्थाका विभिन्न सेवाहरुको बारेमा जानकारी गराएका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नवजीवन सहकारीको अध्यक्षमा गोपालराज पाठक विजयी
११ जेष्ठ २०८३, सोमबार
राष्ट्रिय सहकारी बैंकद्वारा दुवै समितिको निर्वाचन परिणाम घोषणा, यस्तो बन्यो नयाँ टीम
१० जेष्ठ २०८३, आईतवार
सहकारी क्षेत्रमै न्यून ब्याजदरमा मनकामना साकोसको ऋण योजना
८ जेष्ठ २०८३, शुक्रबार