नेचुरल सहकारीको अध्यक्षमा पुन: शर्मिला शिल्पकार
काठमाडौं : नेचुरल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः शर्मिला शिल्पकार निर्वाचित भएकी छिन् ।
शनिबार सम्पन्न संस्थाको १६औं वार्षिक साधारण सभाले आगामी ४ वर्षको लागि सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित गरेको हो ।
नव निर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा विकल्प पाठक, कोषाध्यक्षमा भिम बहादुर गुरुङ निर्वाचित भएका छन् । त्यस्तै सञ्चालकहरुमा पार्वती मानन्धर, गंगाकुमारी अधिकारी र सजनी आर्याय निर्वाचित भएकी छिन् ।
त्यसैगरी पुर्ण बहादुर तामाङको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति चयन भएको छ । समितिका सदस्यहरुमा श्रीधर पाठक र मिना मोक्तान चयन भएकी छिन् ।
नवनिर्वाचित दुबै समितिलाई निर्वाचन समितिका संयोजक सिताराम राउतले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
संस्थामा नेतृत्वसहित महिला सहभागिता ५० प्रतिशत पुगेको छ ।
साधारण सभामा अध्यक्ष शिल्पकारले संस्थाको वित्तीय स्वस्थता र गुणस्तरियता कायम राख्दै सदस्यहरूको आर्थिक, सामाजिक र साँस्कृतिक पक्षमा सुरूवाती दिनदेखि नै क्रियाशिल रहेको बताईन । वित्तीय कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउनलाई सम्पत्ति सुद्धिकरण निवारण सम्बन्धि जारी ऐन, निर्देशनलाई पूर्ण रूपमा पालना गर्दै आएको समेत बताईन ।
‘विविध प्रतिकुलताका बीचमा पनि हाम्रो लागि सफलताको वर्षको रूपमा रहेको छ’, अध्यक्ष शिल्पकारले भनिन्, ‘नेचुरलको सफलता र साखलाई आगामी वर्षहरूमा कायमै राख्न हाम्रो ध्यान रणनीतिक योजनाका साथ सदस्य सेवा र व्यवसाय वृद्धिमा केन्द्रित हुनेछ ।’
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा महिलाको सहभागिता उच्च, तर नेतृत्व तहमा उपस्थिति अझै न्यून
७ असार २०८३, आईतवार
महिला सशक्तीकरणको बलियो आधार सहकारी : मन्त्री पौडेल
६ असार २०८३, शनिबार