बागमती प्रोस्कूनमा निर्वाचित भएपछि काभ्रे बचत संघबाट बाहिरिए विकास बादे
काठमाडौं : काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका सहसचिव विकास बादेले राजिनामा दिएका छन् ।
बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) को सञ्चालकमा निर्वाचित भएपछि बादेले काभ्रे संघबाट राजिनामा दिएका हुन् ।
सहकारी ऐन २०७४ को दफा ४१ (५) बमोजिम कुनै एक व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था छ। ऐनको सोही प्रावधानका कारण बादेले राजिनामा दिएको हो ।
बागमती प्रोस्कूनको चौथो वार्षिक साधारण सभाबाट कात्तिक २३ गते सञ्चालकमा बादे निर्वाचित भएका थिए । त्यस लगत्तै बादेले कात्तिक २६ गते काभ्रे बचत संघबाट राजिनामा दिएका थिए ।
कात्तिक २७ गते बसेको संघको सञ्चालक समितिको बैठकले सहकारी ऐनको दफा ४४ (क) र संघको विनियम २०७९ को दफा ३५ (१) बमोजिम राजिनामा स्वीकृत गरेको संघले जनाएको छ।
संघको प्रगति, उन्नति र लक्ष्य प्राप्तीका लागि विगतका दिनमा बादेले निभाएको योगदानलाई हृदय देखिनै धन्यवाद एवं आभार व्यक्त गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार